नेभिगेशन
समाचार

 उत्कृष्ट कृषकलाई सम्मान गरिने, सम्मान कार्यक्रममा सहभागी हुन आवेदन आह्वान

भीरकोट नगरपालिका, स्याङ्जाले कृषि पेशामा आवद्ध कृषक, कृषक समूह, निजी व्यवसायी तथा कृषि फर्महरूलाई प्रोत्साहन स्वरूप “उत्कृष्ट कृषक सम्मान कार्यक्रम” अन्तर्गत सम्मान गर्ने भएको छ।

आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन गरिने उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषकहरूबाट आवेदन आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले जानकारी दिनुभयो।  उत्कृष्ट कृषकको रूपमा सम्मानित हुन चाहने कृषकहरूले  १५ दिनभित्र आवश्यक कागजातहरू संलग्न गरी कृषि तथा पशु सेवा शाखामा निवेदन पेश गर्न सकिने  छ।

नगर प्रवक्ता दिपेन्द्र के.सी. का अनुसार कृषकहरूलाई व्यवसायिक कृषिमा अग्रसर गराउन नगरपालिकाले पहिलो पटक कृषकहरूलाई पुरस्कृत गर्न लागेको हो। के.सी. का अनुसार गाई पालन, भैसी पालन, बाख्रा पालन, बंगुर पालन, फलफूल खेती, खाद्यन्न वाली, तरकारी खेती, फलफूल नर्सरी र कृषि क्षेत्रमा गरिएको नवीनतम कार्य गरि ९ विधामा उत्कृष्ट काम गर्ने ९ जना कृषकहरूलाई पुरस्कृत गर्न लागिएको हो। हरेक विधाको पुरस्कार राशी १० हजार रूपैयाँ नगद रहेको छ।

कार्यक्रममा सहभागी हुन चाहने कृषकहरूले सम्बन्धित निकायमा दर्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस पत्र, स्थायी ठेगानाको प्रमाण, गत आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाण, नेपाली नागरिकताको प्रमाण, अनुसूची २ बमोजिमको निवेदन तथा अनुसूची ३ बमोजिमको फाराम अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

निवेदनको ढांचा:    




 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्