नेभिगेशन
समाज

सेतीवेणीका  बाढीपीडितलाई  २२ लाख बराबरको सामग्री वितरण

असोज महिनामा कालीगण्डकी नदीमा आएको बाढीबाट पीडित सेतीवेणीका नागरिकहरूलाई  लायन्स इन्टरनेशनल फाउन्डेसनले २२ लाख रूपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ।

स्याङ्जा, गुल्मी र पर्वत जिल्लाको संगमस्थल सेतीवेणीमा गत असोज १० र ११ गते आएको बाढीबाट सेतीवेणीका करिब ५०  घरपरिवार प्रभावित भएका थिए भने ३२ घर भत्किएका थिए।

राहत वितरण कार्यक्रममा गण्डकी प्रदेशका  प्रदेशसभा सदस्य महेश भट्टराई, गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराई, लायन्स क्लब  इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालका डिष्ट्रिक्ट गभर्नर रत्न प्रसाद पराजुली, लायन्स क्लब गल्याङका अध्यक्ष सूर्य प्रसाद भट्टराई  लगायतको उपस्थिति रहेको थियो।

लायन्स क्लब  इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालका डिष्ट्रिक्ट गभर्नर रत्न पराजुलीले १५ हजार डलर बराबरको खाद्यान्न, सिरक, डसना म्याट, भाडाँकुडा लागायतका  दैनिक अत्यावश्यक सामाग्री प्रदान गरिएको जानकारी दिए।

मानवीय सहायता अन्तर्गत लायन्सले विपद्का कारण प्रभावित बनेका परिवारलाई राहत सामग्री वितरण गरेको बताउँदै पराजुलीले  लायन्स क्लब  इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम को पहलमा राहत रकम प्राप्त भएको जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्