नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

आँधीखोलामा   बुधबार सार्वजनिक बिदा

स्याङ्जाको आँधीखोला गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिने भएको छ । बुधबार जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले भेदभाव तथा छुवाछुत उन्मुलनमा पालिकाको तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गर्दै पालिकामा बसोबास गर्ने सम्पूर्ण दलित तथा उत्पीडित समुदायको भावनालाई आत्मसाथ गर्दै स्थानीय सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो ।

गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक तथा संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र अन्य संघसंस्थाहरुमा बुधबारका दिन सार्वजनिक बिदा दिइएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।नेपाल सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्