स्याङ्जाको अर्जुनचौपारीमा अवैध रुपमा जडिबुटी संकलन गर्ने पर्वतका ३ युवाहरूलाई प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वत महाशिला गाउँपालिका वड नं ४ का ३५ वर्षीय पुनम गुरुङ, ३२ वर्षीय देवेन्द्र गुरुङ र २५ वर्षीय अमृत भन्ने जित बहादुर विकलाई नियन्त्रणमा लिइएको लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिनुभयो।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – ३ ताउ घडेरी चुत्रेनी जङ्गलमा चुत्रो जातको जडिबुटी अवैध रुपमा संकलन गर्ने तीनजनालाई अर्जुनचौपारी प्रहरी चौकी र अर्जुनचौपारी गाउँपालिकाको गाउँ प्रहरीको संयुक्त टोलीले बुधबार दिउँसो ४ बजे नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
उनीहरूको साथबाट करिब ५ सय केजी चुत्रो जातको जडिबुटी बरामद गरिएको र आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिनुभयो।