भीरकोट जेसिजको आयोजनामा बयरघारीमा एआइ तथा सूचना प्रविधी तालिम संचालन गरिएको छ। भीरकोट नगरपालिका,अर्जुनचौपरी गाउँपालिका , युथ फर अर्जुनचौपारी र वाइफाइ नेपालको सहयोगमा संचालन गरिएको तालिम २ दिनसम्म संचालन हुने छ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले विश्व सूचना र प्रविधिको महत्वपूर्ण संसारमा पुगेको अवस्थामा सूचना प्रविधि सम्बन्धी ज्ञान नभएको जनशक्ति पछाडि पर्ने भएकाले एआइ र सूचना प्रविधी तालिम अत्यावश्यक रहेको बताउनुभयो। जेसीज युवा नेतृत्व विकास र मानवताको सेवामा समर्पित संस्था भएको हुँदा जेसिजको अभियानमा पालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो।

भीरकोट जेसिजका अध्यक्ष शिवप्रसाद खनालले शिक्षक ,कर्मचारीहरूले सूचना प्रविधिको सदुपयोग गरी समाजको रूपान्तरणमा सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रवाह र शैक्षिक गुणस्तरमा सुधार ल्याउन कर्मचारी र शिक्षकलाई लक्षित गरेर एआई र सूचना प्रविधी सम्बन्धि तालिम संचालन गरिएको बताउनुभयो।
तालिममा भीरकोट , गल्याङ र अर्जुनचौपारीका शिक्षक, कर्मचारी गरी ८० जनाको सहभागिता रहेको छ। तालिममा सहभागीहरूलाई सुजन अधिकारी र कौशल पाण्डेले प्रशिक्षण दिनुहुने छ। कार्यक्रममा भीरकोट उद्योग वाणिज्य संघ अध्यक्ष नुवदत्त अर्याल , वडा नं ७ का अध्यक्ष तारा प्रसाद अर्याल, भाग्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमलाल खनाल एआई र सूचना प्रविधिको महत्वको बारेमा बोल्दै र कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो।