नेभिगेशन
समाचार

आँधिखोलामा मेघा विद्यालय कार्यक्रम र शैक्षिक गुणस्तरलाई प्राथमिकता 

आँधिखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। शुक्रबार सुरू भएको १७ औं गाउँ सभामा गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। 

शिक्षा नीति तथा कार्यक्रममा शिक्षालाई मुख्य प्राथमिकता दिइएको छ। शैक्षिक गुणस्तर सुधार गर्न र लागत अनुसारको प्रतिफल प्राप्त गर्न "मेघा विद्यालय " कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। विद्यार्थी संख्या, भौगोलिक अवस्था, सामाजिक महत्व, प्रविधि र सामर्थ्यता समेतको आधारमा मेघा विद्यालय सञ्चालनको आधार तयार गर्दै यातायात व्यवस्थापन, छात्रावास भवन निर्माण, प्रविधि जडान लगायतका कार्यलाई प्राथमिकताको आधारमा कार्यान्वयन गर्दै लगिनेछ । मेघा विद्यालय अवधारणा कार्यान्वयन गर्न विद्यालयको सेवा क्षेत्र निर्धारण गरी माध्यमिक विद्यालयलाई लिडर विद्यालयका रुपमा र दुरीका आधारमा नजिक रहेका आधारभूत विद्यालयलाई फिडर विद्यालयका रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

लिडर विद्यालयको संस्थागत क्षमता विकास गरी फिडर विद्यालयको अतिरिक्त क्रियाकलाप, त्रैमासिकीय तथा वार्षिक परीक्षा एवं नतिजा प्रकाशन लगायतका शैक्षिक कार्यक्रमहरु क्रमशः लिडर विद्यालय स्तरीय बनाइनेछ ।

अनिवार्य  ५ विषयहरु अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयका विषयको सिकाइ उपलब्धीमा सुधार ल्याउन र परीक्षा प्रणालीलाई व्यवस्थित गर्न कक्षा १ देखि १२ सम्म सबै विद्यालयमा एउटै प्रश्न पत्र र मूल्यांकन प्रणाली अवलम्बन गरिने छ। महिनाको अन्तिम शुक्रबारलाई "हेप्पी फ्राई डे" को रुपमा अवलम्वन गरी विद्यार्थीको व्यावहारिक सिप र क्षमता विकासका क्रियाकलापहरु सञ्चालन गरिनेछ ।

FB_IMG_1750471611759-1750472203.jpg
भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको केन्द्रबाट पालिकाभित्रका स्वास्थ्य संस्था, विद्यालय, सरकारी निकाय र मतदान केन्द्रमा पुग्ने ठाउँमा पुग्ने सडकहरुलाई स्तरउन्नत्ति तथा कालोपत्रे गर्ने  कार्यलाई प्राथमिकता दिईने छ। सडकको दिगो र व्यवस्थित विकासका लागि "गाउँपालिका  यातायात गुरूयोजना" लाई प्रभावकारी तरिकाले कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन प्रवर्धनको लागि आर्टिफिसियल इन्टेलिजेन्स (AI) जस्ता नवीनतम सूचना प्रविधीको अधिकतम प्रयोग गर्ने नीति अवलम्बन गरिनेछ ।

 सामाजिक संजालको संचालन र प्रयोगईलाई प्रभावकारी बनाउन सूचना प्रविधी तथा साईबर सेक्युरिटी (Cyber Security) सम्बन्धी कार्यक्रम संचालन गरिनेछ।FB_IMG_1750471607174-1750472208.jpg

गाउँपालिकाको विद्युतिय तथ्यांकको सुरक्षा गर्दै सार्वजनिक स्थानमा फ्री वाईफाई जोन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

 गाउँपालिकाले सम्पादन गरेका कार्य पारदर्शी बनाउन वेबसाइटमा प्रविष्टि गर्ने कार्यलाई निरन्तरता दिँदै विद्युतिय शासनको महत्वपूर्ण साधनको रूपमा तयार गरिएको आँधीखोला गाउँपालिकाको एन्ड्रोइड एप्लिकेसन प्रयोग गरी आम नागरिकमा सूचनाको पहुँच विस्तार गरिनेछ ।पालिकाभरीका सबै टोल,बस्ती र व्यक्तिको घरको परिचय सजिलैसँग प्राप्त गर्न स्ट्रीट नम्बर र घर नम्बर राखिने छ।

कृषकको जीवनस्तरलाई समुन्नत बनाउनको लागि कृषिजन्य उत्पादनमा  वृद्धि गर्न जसका लागि "उत्पादनमा यान्त्रीकरण सहकारी मार्फत वजारीकरण" कार्यक्रम सञ्चालन गरिनेछ ।उत्पादित कृषि उपज पालिकाले संकलन गर्ने र सहकारी मार्फत बजारीकरण गर्ने नीति गाउँपालिकाले लिएको छ। 

कृषि अनुदानको प्रभावकारी वितरण, कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्न कृषि अनुदानलाई उत्पादनमा आधारित अनुदान बनाईनेछ र कृषिमा दिईने अनुदान प्रणालीलाई व्यवस्थित, पारदर्शी र कृषक मैत्री बनाउने नीति अबलम्बन गरिनेछ । बाँझो जग्गाको सदुपयोग एवम् साझेदारीमा छरिएर रहेका कृषि भूमिको एकीकरण गरी सामूहिक खेती र सहकारी खेतीको प्रबर्द्धन गर्न प्रयत्न गरिनेछ ।

आँधीखोलाको पहिचान, सुन्तला र कागती अभियान अन्तर्गत स्थायी रुपमा आँधीगाला भन्दा बाहिर रहेर पनि आफ्नो पूखौंली थातथलोमा बहुवर्षिय फलफूल खेती गर्न चाहने कृषकहरुको लागि फलफूल खेती लगायत कृषिजन्य व्यवसायमा आवद्ध गर्न “मेरो बिदा मेरो गाउँलाई” अभियान कार्यक्रम सञ्चालन गरिनेछ । 

पालिकालाई मासु र अण्डामा आत्मनिर्भर बनाउन लोकल कुखुराको चल्ला वितरण, बाख्रा पकेट विकास कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गर्ने नीति लिइएको छ।

आँधिखोला गाउँपालिका हाम्रो स्वाभिमान , विदेश गएका युवाहरू  गाउँ फर्क अभियान " अन्तर्गत घरेलु उद्योग,लघु उद्योग तथा व्यवसाय संचालन गर्न चाहने व्यक्तिलाई प्रोत्साहन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने नीति अवलम्बन गरिने छ। टेलरिङ, सिकर्मी,डकर्मी, कालिगड जस्ता परम्परागत व्यवसायलाई आधुनिकिकरण र व्यवसायिकरण गरि घरेलु उद्योगको रूपमा विकास गरिने छ।

पर्यटन मार्फत समृद्धि हासिल गर्न  र गाउँपालिका क्षेत्र भित्र रहेका मुख्य पर्यटकीय केन्द्रको अन्तरसम्बन्धलाई मजवुत बनाउन सेतिदोभान - आग्री गुफा - भुद्रुमपोला - म्हाँजु भन्ज्याङ्ग हिलेथाप्ले - सिरुवारी गोरुजुरे - डहरे देउराली - अन्धाअन्धी - जुम्लीठाना - श्रवणकुमार - पञ्चासे - कालाभैरव कोट - नेपाने - तपश्वी कुटी - चुले शिद्ध गुफा हुँदै पुनः सेतिदोभान जोड्ने चक्रिय पदमार्ग निर्माण गरी नयाँ गन्तव्यको पर्यटन क्षेत्रको हवको रूपमा विकास गरिने छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्