जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सुनका गरगहना चोरी भएको भनी जुटा सूचना दिएको आरोपमा एक जनालाई कारबाही प्रक्रिया अगाडि बढाएको छ। फेदिखोला गाउँपालिका वडा नम्बर १ चारघरे बस्ने देवी कुमारी गुरूङको घरबाट कोही नभएको समयमा ताला फुटाई ४ थान सुनका गरगहना चोरी भएको भनी उजुरी गर्नुभएको थियो।
प्राप्त सूचनाको आधारमा तत्त्काल जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी टोली खटिई गई अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा घरमा उजुरीमा जस्तो ताला पनि नफुटाइएको र हराएको भनिएको सुन मध्ये ३ थान सुन साउन २८ गते निजको घरमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।
गरहना घरमै राखी चोरीको झुटो विवरण दिएको विषयमा गुरूङमाथि कानूनबमोजिम आवश्यक अनुसन्धान भैरहेको सूचना अधिकारी चौधरीले बताउनुभयो। प्रहरीले नागरिकको जिउधनको सुरक्षालाई प्राथमिकता दिएर अनुसन्धान र कारबाही गर्दै आएको बताउँदै उहाँले आफ्नो हक पुग्ने सम्पत्ति चोरी भएको भनि झुट्टा उजुरी नगर्न र अनावश्यक कानुनी झमेलाबाट बच्न नागरिकहरूलाई अनुरोध गरेको छ।