नेभिगेशन
समाचार

अर्जुनचौपारीको सफलता: लिजामा गण्डकीमा प्रथम, देशभरमा तेस्रो 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशमा प्रथम भएको छ। यसैगरी  देशभरीका गाउँपालिका मध्यबाट उत्कृष्ट तेस्रोमा परेको छ। समग्रमा अर्जुनचौपारी गाउँपालिका देशभरीमा उत्कृष्ट दस स्थानीय तह बन्न सफल भएको छ।

नगरपालिका तर्फ चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिका उत्कृष्ट बनेका छन् भने गाउँपालिका तर्फ   धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका ,गुल्मीको रुरुक्षेत्र र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका उत्कृष्ट छनोट भएका हुन् ।

स्वमूल्याङ्कनको प्रशोधित नतिजामा अर्जुनचौपारी गाउँपालिका ८८.७५ प्रतिशत अंक  प्राप्त गर्दै देशैभरमा उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मनित भएको हो। बेनीघाट रोराङ्ग गाउँपालिकाले ९१.७५ अंक प्राप्त गरि प्रथम बनेको हो भने रूरू गाउँपालिका ९० प्रतिशत नतिजा प्राप्त गरि द्वितीय भएको हो। चितवनको खैरहनी नगरपालिकाले ९३.७० प्रतिशत, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ९२.७५ र धादिङको नीलकण्ठ नगरपालिकाले ९१.२५ प्रतिशत अंक प्राप्त गरि क्रमश प्रथम, द्वितीय  उत्कृष्ट बनेका छन् ।

लिजामा छनोट भएका पालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय सम्मान गरेको छ। सामान्य  प्रशासन मन्त्री  भगवती न्यौपानेले शुक्रबार एक कार्यक्रमका बीच सम्मान गर्नुभएको हो। 

आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) र वित्तीय जोखिम मूल्याङ्कन (एफआरए) को कार्य सम्पन्न गरी नतिजा सार्वजनिक गरी सर्वोत्कृष्ट ३ गाउँपालिका र ३ नगरपालिकालाई कदरपत्र प्रदान गरिएको छ ।

स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली एलजिपिएसको समेत शुभारम्भ गरिएको छ । एलजिपिएसमार्फत एकीकृत मूल्याङ्कन गर्नेगरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्