नेभिगेशन
समाचार

विद्यार्थीको अध्ययन गर्ने पाठशाला बन्दै  पार्क 

अर्जुनचौपारी गाउँपालिका वडा नं –१ गड्यौली खोलामा म्याथम्याटिकल तथा बोटानिकल पार्क निर्माण गरिएको छ । विद्यार्थीहरुलाई अध्ययन गर्ने पाठशालाको रुपमा विकास गर्नेगरी यहाँ यस्तै पार्क बनाइएको हो । धेरै पालिकाले ठुला ठुला टावर तथा सामान्य खालका पार्क बनाएर बजेट खर्च गरिरहदाँ अर्जुन चौपारीले देशैभर प्रचार हुने गरेर नयाँ खालको म्याथम्याटिकल तथा बोटानिकल पार्क निर्माण गरेको हो । 1000036497-1758003979.jpg

मूख्यमन्त्री नवप्रवर्तन साझेँदारी कार्यक्रम अन्तर्गत मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको ७० प्रतिशत र अर्जुनचौपारी गाउँपालिकाको ३० प्रतिशत साझेँदारीमा पार्क निर्माण गरिएको हो । एक बर्षमा म्याथम्याटिकल र एक बर्षमा बोटानिकल गरेर दुई बर्षमा जिल्लमै पहिलो पटक पार्क निर्माण गरिएको हो । 

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विद्यालयमा प्रयोगात्मक पढाई कम हुने भएकोले देशभरका विद्यार्थीहरु अवलोकन गराउने उद्देश्यले फरक शैलीको पार्कको निमार्ण गरिएको बताउनुभयो । 

 

यहाँ दुई वटा गजेबो (हावा घर), गड्यौली संरचना निर्माण, एक्ससाईज पार्क, सुरक्षा उपकरण सीसीटीभी, बत्ति जडान गरेर व्यवस्थित गराइएको छ । यस्तै गड्यौली खोलामा स्थानीय जातका माछाहरु राखिएका छ भने विभिन्न प्रजातिका बोट बिरुवाहरु रोप्ने, गड्यौली खोला छेउमा फुटफाथ, गार्डेन ब्रिज, पाई गेट निर्माण गरिएको छ । 

यस्तै पार्कमा दुबो लगाउने तथा विद्यार्थीका पढाई सँग सहयोग पुग्ने ६० चित्र बनाइएको हो । यहाँ दुई वटा गड्यौली खोला वार पार गर्न दुई वटा छोटा पुल बनाइएको छ भने राती पार्क नै बिजुली बत्तीले झिलीमिली पारिएको छ । 

अहिले पार्कमा पालिका भित्रका विद्यार्थीहरु अवलोकनको लागि आउन थालेको छन् भने अबिभावक समेत यहाँ हेर्नको लागि आउने गरेका छन् । 

१७० रोपनी क्षेत्रफलमा पार्क निमार्ण गरिएको हो भने एक करोड ५१ लाख ४० हजार ७०३ रुपियाँ ८० पैसा खर्च भएको छ । देशभर फरक ढंगले चिनाउन र पालिकालाई नयाँ ब्राण्ड बनाउने लक्ष्य सहित पहिलो पटक म्याथम्याटिकल तथा बोटानिकल पार्क निर्माण गरेको वडा अध्यक्ष रणवहादुर थापाले बताउनुभयो । 

यहाँ     अब अर्जुनचौपारी गाउँपालिकालाई  पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न गड्यौली खोला र पन्चकन्यालाई प्याकेजका रुपमा चिनाउने काम गर्ने थापाले बताउनुभयो । अर्जुनचौपारी गाउपालिकाले जस्तै अन्य पालिकाहरुले पनि विद्यार्थी र पर्यटक अध्ययन गर्ने पाठशालाको रुपमा यस्ता पार्क निर्माण गर्न सके सिकाइमात्र होइन पर्यटनमा समेत टेवा पुग्ने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्