नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

नागरिकमैत्री बन्दै पालिकाहरू : गाउँगाउँमा घुम्ती शिविर

गाउँगाउँमा माटो र गोबर परीक्षणको सुविधा

स्याङ्जाको आँधिखोला गाउँपालिका र गल्याङ नगरपालिका नागरिकमैत्री बन्ने प्रयास गरिरहेका छ्न्। दुवै पालिकामा गाउँगाउँमा घुम्ती शिविर संचालन भएपछि  नागरिकहरुले पशु चौपायाका गोबर र खेतबारीका माटो बोकेर  पुगिरहेका छन् ।

गल्याङ नगरपालिका र आंधीखोला गाउँपालिकाले  एकीकृत घुम्ती शिविर सञ्चालन गरेर स्वास्थ्य, कृषि, पशु सम्बन्धि शिविर तथा योजना समेत एकै ठाउँमा सम्झौता गर्ने सुविधा ल्याएपछि अहिले गाउँमा किसानहरूलाई धेरै सहज भएको देखिन्छ । घुम्ती शिविर वडागत ढंगले सञ्चालन गरिएको गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले बताउनुभएको छ ।


आंँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार अनुसार नागरिकले साना–साना सेवाका लागि पटक–पटक नगरपालिका तथा सम्बन्धित कार्यालय धाउनुपर्ने बाध्यतालाई कम गर्न एकीकृत घुम्ती शिविरको अवधारणा अघि सारिएको बताउनुभयो ।  शिविरमार्फत स्वास्थ्य, योजना, कृषि तथा पशु सेवासम्बन्धी विभिन्न सेवा एकै स्थानबाट प्रदान गरिँदै आएको छ।

शिविरमा स्वास्थ्य सेवातर्फ मृगौला जाँच, ईसीजी (ECG), भिडियो एक्स–रे, मधुमेह (सुगर) जाँच, पाठेघर क्यान्सरको VIA स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ, आवश्यक औषधी वितरणलगायतका सेवा उपलब्ध गराइएको छ। ग्रामीण भेगका नागरिकले सहजै विशेषज्ञ सेवा लिन पाएको भन्दै स्थानीयवासीले पालिकाप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।

शिविरमा योजना शाखामार्फत योजना सम्झौता गर्ने, बैंक खाता सञ्चालन गर्न सहजीकरण गर्ने सेवा पनि प्रदान गरिएको छ। यसले विकास योजनाको कार्यान्वयन प्रक्रियालाई सहज बनाउने विश्वास पालिकाहरुलेले लिएका छन् ।

कृषि सेवातर्फ माटो परीक्षण, बाली परामर्श तथा उन्नत कृषि अभ्याससम्बन्धी सुझाव प्रदान गरिएको छ। त्यस्तै पशु शाखामार्फत गोबर परीक्षण, पशु औषधी वितरण तथा पशु स्वास्थ्यसम्बन्धी परामर्श सेवा दिइएको छ। 
पालिकाले प्रकाशित कार्यतालिकाअनुसार विभिन्न वडाका वडा कार्यालयहरूमा शिविर सञ्चालन गरिरहेको छ। तोकिएको मितिमा सम्बन्धित वडामा शिविर पुग्ने भएकाले स्थानीय नागरिकले आफ्नै क्षेत्रमा सेवा लिन पाएका छन्।

दुई पालिकाका अनुसार “वडावडामा सेवा, घरघरमा सुविधा” भन्ने अवधारणालाई व्यवहारमा उतार्ने लक्ष्यसहित घुम्ती शिविर सञ्चालन गरिएको हो। आगामी दिनमा पनि नागरिकको आवश्यकताअनुसार यस्ता एकीकृत सेवा शिविरलाई निरन्तरता दिने पालिकाले जनाएका छन् ।

स्थानीय तहबाट प्रवाह हुने सेवा प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा यी दुई  पालिकाको पहललाई उदाहरणीय कदमका रूपमा हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्