चीन र भारतलाई सिधा सम्पर्क जोड्ने गण्डकी र लुम्बिनीको संगम नदी कालिगण्डकीमा आधा दर्जन पक्की पुलले म्याद गुजारेर काम गरेका छन् । दुई देश र दुई प्रदेशसँग प्रत्यक्ष सम्बन्ध पुल यहाँ १४ बर्ष सम्म निर्माण कम्पनीले म्याद गुजारेका काम गरेका छन् ।
यहाँ पाँच वटा पाल्पा जोड्ने र दुई वटा गुल्मी जोड्ने पुल म्याद गुजारेर म्याद थप्दै काम गरेका हुन् । यहाँ पुल सेक्टरले निर्माण गरेका पाँच र पाल्पा सडकले निर्माण गरेको एक पुल म्याद गुजारेर काम गरेका छन् ।
यहाँको चापाकोट नगरपालिका– ८ दामाचौर, स्याङजा र राममुर –६ लुम्बिनी प्रदेश हुदै भारतीय सिमा सुस्ता जोड्ने ट्रस पुल १४ बर्षमा ८० प्रतिशत काम सकिएको छ ।
२०६८ साल असार २६ गते एमएस इलाइट एसबिए जेबी कपन काठमाडौले तीन बर्षमा काम सक्ने गरी सम्झौता गरको थियो । दामाचौर पुल भ्याट बाहेक १५ करोड ६८ लाख १३ हजार २६६ रुपियाँ ६० पैसामा निर्माण सक्ने गरि इलाइटले जिम्मा लिएको थियो । १८१ दशमलब ६९ मिटर लम्बाई रहेको पुल डिजाइन फेल हुदा ढिलाई भएको हो ।
वेल फाउण्डेस डीजाईनमा काम गर्ने गरि सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएको इलाइटले दुई छेउँका पिलर राखेर नदीको मध्य भागमा पिलर बनाउने क्रममा डीजाइन अनुसार काम अगाडी नबढे पछि पुल बन्ने प्रक्रिया रोकिएको थियो । पुल १४ बर्षमा पाँच पटक सम्म म्याद थपेर काम गरेको हो ।
यस्तै २०७४ मङसिर २२ गते एमएस सपना/महादेव खिम्ती/हिरा जेभीले तीन बर्षमा काम सक्ने गरेर सम्झौता गरेको भएको बासटारी पुल भने आठ बर्षमा ४० प्रतिशत मात्र काम सकिएको छ । दुई सय मिटर लम्बाई रहेको यो पुल समेत चार स्पानको रहेको छ । २४ करोड ६० लाख १८ हजार तीन सय रुपियाँमा निर्माण कम्पनीले सभ्झौता गरेको यो पुल पाँच चोटी म्याद थप भैसकेको छ ।
यस्तै कालीगण्डकी नदी राम्दीमा निर्माण भैरहेको देशकै एक मात्र नमुना पुल निर्माण ८० प्रतिशत काम सकिएको छ । थाइल्याण्डका डिजाइनरले डिजाइन गरेको सीएफएसटी स्टिल ट्युब आर्क ब्रिज हो ।
नेपालकै पहिलो र एक स्पान मात्र रहेको रामनदी यो मोटरेबल पुल १२० मिटर लम्बाइ रहेको छ । यहाँ बन्दै गरेको नयाँ पुल २०२८ सालमा बनेको अहिलेको ट्रस ब्रिज भन्दा २७ मिटर बढि लम्बाई रहेको छ । २०७९ असार ३० गते तीन बर्षमा सक्ने गरी हिम सगरमाथा प्रालि चितवनले ठेक्का सम्झौता गरेको थियो । २७ करोड ७१ लाख नौ हजार छ सय रुपियाँमा पुल निर्माणको लागि ब्यवसायीले सम्झौता गरेको हो । यो पुल ४० मेट्रिक टन भार क्षमताको हो भने यस भन्दा अगाडिको ११ मेट भार क्षमताको रहेको थियो ।
यस्तै कालीगण्डकी नदीमा बेल्टारी पुल सम्झौताको दुई बर्ष सकिदाँ जम्मा ५० प्रतिशत काम भएको छ । निर्माण कम्पनी गौरी पार्वती न्यु टेक्निकल जेभीले तीन बर्षमा सक्ने गरेर २०७७ साल भदौ १ गते सम्झौता गरेको थियो ।
१२० मिटर लम्बाई भएको यो पुल १५ करोड ३९ लाख २८ हजार ६८० रुपियाँमा निर्माण गर्ने गरेर सभ्झौता भएको हो ।
यस्तै सेतिबेनी मोटरेवल पुल म्याद सकिएको दुई बर्षमा तीस प्रतिशत काम सकिएको छ । एक सय मिटर लम्माई भएको यो पुल सेतिबेनीबाट स्याङजा गुल्मी जोड्ने पुल हो । ¥यामजीनी÷राजेश्वरीले ११ करोड ८६ लाख ४५ हजार ९७० रुपियाँमा २०७८ असार ३१ गते दुई बर्षमा सक्ने गरेर सम्झौता गरेको थियो । यो पुलको निर्माण कम्पनीले तेस्रो पटक २०८३ भदौ १८ गते सम्म म्याद थपेको छ ।
यस्तै चिउरीबोट अरबेनी पुल म्याद गुज्रेको डेढ बर्षमा ३० प्रतिशत मात्र काम सकेको छ । इलाइट/यामजीनी/राजेश्वरीले १८ करोड ६८ लाख ७० हजार ७९० रुपियाँमा तीन बर्षमा सक्ने गरेर सम्झौता गरेको थियो । १८० मिटर लम्बाई भएको पुल २०८३ असार ३० गते सम्म सक्ने गरेर दोस्रो पटक म्याद थपेको छ ।