नेभिगेशन
कृषि

 हल गोरु पाल्ने कृषकलाई  १० हजार अनुदान 

प्राय: जसो स्थानीय सरकारहरूले अनुदानमा हाते ट्याक्टर मात्रै वितरण गर्दै आएकोमा स्याङ्जाको फेदीखोला गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई अनुदान दिएको छ। पालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत हल गोरु पाल्ने कृषकहरुलाई ७५ प्रतिशत प्रोत्साहन अनुदान रकम वितरण गरेको हो ।

हलगोरु पाल्ने कृषकहरुलाई प्रोत्साहन अनुदान वितरण कार्यक्रम अन्तर्गत आ.व २०८१/८२मा पालिकाका २ सय २४ जना कृषकलाई एक हल गोरु बराबर १० दस हजार रुपैयाँका दरले दुई सय ८९ वटा हल गोरुको १४ लाख ४५ हजार रुपैयाँ अनुदान वितरण गरिएको पालिकाले जनाएको छ ।1000032283-1750439368.jpg

आधुनिक यन्त्रहरुको प्रयोग बढेपनि कृषकहरु घट्दै गइरहेको र खेतीयोग्य भूमि बाँझो छोड्ने प्रवृत्ति बढिरहेको कृषकमा नैराश्यता बढ्दै गइरहेको अवस्थामा जैविक विविधता वातावरणीय प्रभावमा पनि महत्वपूर्ण टेवा पुर्‍याउन गोरु पालक कृषकहरुलाई सम्मान स्वरूप अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो  ।

अध्यक्ष सुवेदीले गाउँपालिका  सधैँ श्रमजीवी र किसानको पक्षम रहेको बताउँदै पालिकाले परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको प्रष्ट पार्नुभयो।

उहाँले स्थानीय सरकार कृषकको उत्पादन प्रक्रियादेखि बजारीकरणसम्म साथमा रहेको र उत्पादनमा आधारित अनुदान, बाँझो जमीन उपयोग प्रोत्साहन, न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि एम्बुलेन्सजस्ता प्रत्यक्ष किसानले लाभ महसुस गर्ने कार्यक्रम निरन्तर संचालन गरिने बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्