नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कृषि

फेदीखोलामा मनाइयो प्रथम मौरी दिवस

स्याङ्जाको फेदिखोला गाउँपालिकाले प्रथम मौरी दिवस मनाएको छ।मौरी दिवसको अवसरमा पालिकाभित्र उत्पादन भएको अर्गानिक महको प्रदर्शनी तथा बिक्री गरिएको छ। यस्तै  आधारभूत मौरी पालन लिएका कृषकरूलाई  १ सय ४ कृषकलाई  ५० प्रतिशत अनुदानमा मौरीका घार वितरण गरिएको छ। मौरीपालन व्यवसायको प्रवर्धनका लागि पालिकाले किसानहरूलाई  चिउरी र कल्की जातका करिब १ हजार ५ सय फूल फुल्ने बिरुवा समेत वितरण गरेको छ।

कृषकलाई  आत्मनिर्भर बनाउने उदेश्यले पालिकाले पालिका भित्र सामुहिक रुपमा मौरी पालन थालेको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । पालिकामा एक वटा फेदिखोला सेरेना मौरीपालन समुह र अन्य तीन वटा मौरी पालन पाठशाला मार्फत  व्यवसायिक रूपमा सेरेना जातको  मौरी पालन गरिएको छ। यहाँका ७५ प्रतिशत कृषकले समेत घर घरमा मौरी पालन गरेका छन् ।  

यहाँ मौरी समुहका २४ सदस्यले सात सय ८५ मौरी घार र अन्य कृषकले गरेर दुई हजार भन्दा बढी घार मौरी पालेको सुवेदीले बताउनुभयो । पालिकाले एक हजार मौरीका घार ७० प्रतिसत अनुदानमा कृषकलाई प्रदान गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले मानव जीवन जोगाउन मौरी जोगाउनु पर्ने बताउनुभयो । प्रथम फेदीखोला मौरी दिवस –२०८३ मा बिहीबार कुभिण्डेमा गरिएको कार्यक्रममा मन्त्री कार्कीले मौरी पृथ्वीबाट हराएमा त्यसको चार बर्षमा मानव हराउने बताउनुभयो । 

मौरी पालन प्रकृति जोगाउने र धर्ति जोगाउन भएको बताउदै कार्कीले मौरी एक उत्पादन अनेक भएको बताउनुभयो । 

मौरी पालन जिविकोपार्जनका लागि मात्र नभई ब्यवसायिक उत्पादनमा ध्यान दिनुपर्ने बताउदै कार्कीले रोयल जेली उत्पादन गर्न सके आर्थिक समृद्धि गर्न सकिने बताउनुभयो । 

राम्रो कामका लागि गण्डकी प्रदेश सरकार सँगै रहेको साथमा साथ काधमा काध रहने बताउदै मन्त्री कार्कीले कृषक र कृषि पेशालाई सम्मानित बनाउन प्रदेश सरकारले नीति तथा कार्याक्रममा ५० प्रतिशत अनुदनमा कृषि एम्बुलेन्स कार्यक्रम ल्याएको बताउनुभयो ।

कृषि पेशालाई मर्यादित बनाउन रिर्टन टु भिलेज कार्यक्रम प्रदेश सरकारले ल्याएको बताउदै मन्त्री कार्कीले गाउँमा आएर काम गर्नेलाई प्रदेश सरकारको सहयोग रहने बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्री प्रसाद जिटी, पालिका उपाध्यक्ष देउकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेल लगायतले धारणा राख्नु भएको थियो ।यस्तै दिवसमा मौरीको क्षेत्रमा काम गरेको कृषक, विद्यार्थी तथा शिक्षकलाई सम्मान समेत गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्