नेभिगेशन
भिडियो ग्यालरी

सुन्नै पर्ने गीतः तारा पौडेल श्रेष्ठको ‘थर एउटै, घर एउटै’ रिलिज

भावनाले भरिएको गीतः तारा पौडेल श्रेष्ठको ‘थर एउटै, घर एउटै’ सार्वजनिक

बुधबार, मंसिर १०, २०८२

तारा पौडेल श्रेष्ठले आफ्नो नयाँ गीत ‘थर एउटै, घर एउटै’ सार्वजनिक गर्नुभएको छ । तीन दिनअघि ‘तारा पौडेल’ युट्युब च्यानलमार्फत आएको यो गीतले छोटो समयमा दर्शक–श्रोताको ध्यान तान्न थालेको छ ।

कृष्ण लामिछानेको शब्द तथा नेत्र भण्डारीले संगीत भर्नुभएको यस गीतमा उहाँ (तारा पौडेल श्रेष्ठ) र नेत्र भण्डारीको सुमधुर आवाजले झनै जीवन्त बनाएको छ ।

मुकेश नेपालीको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोमा लोमश शर्मा र नम्रता थापासहितका कलाकारको अभिनय झल्किन्छ । भिडियोको छायांकन बुद्ध थापा र सम्पादन नवीन घर्ती मगरले सम्हाल्नुभएको छ ।

गीत र भिडियो दुवैप्रति दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गायिका श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दर्शक–श्रोताले नयाँ गीतमा सुरुमै दिनुभएको साथ र माया मेरो लागि प्रेरणाको स्रोत बनेको छ ।”

यस गीतले जातीयता तथा एउटै घरको भावनालाई सरल र मार्मिक तरिकाले प्रस्तुत गरेको छ । गीतले थर, जात र पहिचानले मानिसलाई अलग–अलग चिनाउने भए पनि भावना, माया र घरले सबैलाई एक ठाउँमा जोड्ने सन्देश दिन खोजेको छ ।

दैनिक जीवनका सानाठूला प्रसंगमार्फत एउटै घरको आपसी सम्बन्ध, अपनत्व र सम्मानलाई गीतले मन छुने शैलीमा उतारेको छ ।

प्रतिक्रिया दिनुहोस्