नेभिगेशन
शिक्षा तथा खेलकुद

नेकोसको संयुक्त अधिवेशन सम्पन्न ,गण्डकी प्रदेश  अधिवेशन जेठ ३० र ३१ गते

नेपाल खेलकुद महासङ्घ (नेकोस) प्रदेश कमिटी गण्डकी अन्तरगतका खेल सङ्घहरूको संयुक्त अधिवेशन सम्पन्न भएको छ । शनिबार पोखराको  लेकसाइडमा आयोजना भएको अधिवेशनले नेपाल खेलकुद महासङ्घ गण्डकी  अन्तर्गतको फुटबल, तेक्वान्दो डोरितान भलिबल ब्याडमिन्टन एथलेटिक्स कराते र हाप्कीडो सङ्घको नेतृत्व सहितको समिति सर्वसम्मत गठन गरेको महासङ्घ गण्डकीका संयोजक  बोधराज गिरिले  जानकारी दिनुभयो  ।  जस अनुसार डोरीतान सङ्घको अध्यक्षमा विकास सुनार चयन हुनुभएको छ  । उपाध्यक्षमा माधव जिसी, सचिवमा लक्ष्मण रानामगर, कोषाध्यक्षमा इतिहाज अहमद, उपसचिवमा मञ्जु पुन, सदस्यमा छवि शर्मा र उत्तम पौडेल चयन हुनुभएको छ  । 

एथलेटिक्स सङ्घको अध्यक्षमा हरि बहादुर बरुवाल, उपाध्यक्षमा मातृका आचार्य र सन्तोष बानियाँसचिवमा राजु बहादुर भण्डारी, उपसचिवमा दिक्षा पुन र कोषाध्यक्षमा सुष्मा सुर्खाली चयन नहुनुभएको  छ ।  भलिबल सङ्घको अध्यक्षमा मलिन रोक्का, उपाध्यक्षमा पदम कुमार श्रेष्ठ र लुकु पुन, सचिवमा आदर्श अधिकारी, उपसचिवमा सोनी फगामीकोषाध्यक्षमा फविना भण्डारी, सदस्यमा सुजता पुन र अनिल पौडेलले जिम्मेवारी पाउनुभएको छ  । 

फुटबल सङ्घमा अध्यक्षमा  रमेश कार्की, उपाध्यक्षमा एकराम थापा, सचिवमा कपिलबाबु भण्डारी, सहसचिव बिरेन राना, कोषाध्यक्ष विश्वदल गुरुङ, सदस्यमा बेल प्रसाद गुरुङ, सुविन श्रेष्ठजङ्ग बहादुर थापा, विनोद बम्जन निर्वाचित हुनुभएको छ । कराते सङ्घको अध्यक्षमा रामचन्द्र गिरी, उपाध्यक्षमा श्याम कृष्ण ढुङ्गानासचिवमा कृष्ण कुमार तामाङ लामा, कोषाध्यक्षमा विवेक मल्ल, सदस्यमा सुरेश बिक र विमला नेपाली चयन हुनुभएको छ ।  नेपाल हप्कीडो सङ्घको अध्यक्षमा धनराज गुरुङ, उपाध्यक्षमा कृती गिरी, सचिवमा भरत सुवेदी, कोषाध्यक्षमा माया क्षेत्री, सदस्यमा पूर्ण गुरुङ, इन्द्र बहादुर थापा र जितेन्द्रजङ्ग थापाले जिम्मेवारी पाउनुभएको छ  । 

 तेक्वान्दो खेल सङ्घको अध्यक्षमा नवीन गुरुङ, उपाध्यक्षमा बबिता सुनार, सचिवमा आविष्कार बस्ताकोटी, कोषाध्यक्षमा लक्ष्मी पुन, सदस्यमा रोजा सिलवाल, मदन गुरुङ र तिलक सिउँरानी चयन हुनुभएको छ ।  नेपाल खेलकुद महासङ्घ प्रदेश कमिटी गण्डकीका अध्यक्ष बोधराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो  । कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विष्णु पुन, स्थायी कमिटी सदस्य दिपेन्द्र पौडेल, विज्ञ आयोग अध्यक्ष भरत गोदार, सचिवालय सदस्य सरस्वती श्रेष्ठ लगायतका नेताहरूले आफ्नो मन्तव्य राख्नुभएको थियो  भने  महासङ्घमा आवद्ध खेलकर्मीको सहभागिता रहेको थियो । कार्यक्रम संचालन महासङ्घ प्रदेश कमिटी गण्डकीका अधिवेशन आयाेजक कमिटीको सचिव ईश्वर अधिकारीले गर्नुभएको  थियो l नेपाल खेलकुद महासंघ गण्डकीको  अधिवेशन जेठ ३० र ३१ गते हुँदैछ । अधिवेशनको तयारीमा समेत तीव्रता दिइएको संयोजक बोधराज गिरिले जानकारी दिनुभयो  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्