नेभिगेशन
शिक्षा तथा खेलकुद

शैक्षिक अवसरहरूको भरिपूर्ण मेल—भदौ १ को बिग एजु फेयर

उच्च शिक्षाका अवसर खोज्नेहरूका लागि विशेष ‘बिग एजु फेयर’ कार्यक्रम

काठमाडौँ । शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको बिग एजुकेशन कन्सल्टेन्सीले आगामी भदौ १ गतेका दिन ‘बिग इडीयु फेयर २०८२’आयोजना गर्ने भएको छ ।

भदौ १ गते अवसर अनेक नारा सहित  भदौ १ गते ‘बिग इडीयु फेयर २०८२’ आयोजना गर्नै भएको हो । कन्सल्टेन्सीले कक्षा १२ पास गरेर विदेश अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै विभिन्न आकर्षक योजनाका साथ नयाँ बानेश्वरस्थित आफ्नै कार्यालयमा इडीयु फेयर सञ्चालन गर्न लागेको बिग एजुकेशनका फाउण्डर एवं सिइओ सुरज केसीले जानकारी दिए ।  

 

विभिन्न मुलुकका ख्याति प्राप्त शैक्षिक संस्थाहरूले भाग लिने

भदौ १ गते हुने ‘बिग इडीयु फेयर २०८२’ मा अष्ट्रेलिया, बेलायत, जापान, साउथ कोरिया, अमेरिका, जर्जिया र दुबैलगायत विभिन्न मुलुकका ख्याति प्राप्त शैक्षिक संस्थाहरूले भाग लिने जनाएको छ । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूले आगामी फेयरमा सहभागी भएर आफ्नो छनौटको कलेज तथा विश्वविद्यालयबारे जानकारी प्राप्त गर्न एउटा अवसरको रुपमा लिन सक्नेछन् ।फेयरमा सहभागी शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग विद्यार्थीले प्रत्यक्ष परामर्श लिन सक्ने र उत्कृष्ट विश्वविद्यालय एवं कलेजका प्रतिनिधि तथा एक्सपर्ट काउन्सिलरहरुसँग साक्षात्कार गर्ने पाउने जनाएको छ । 

 

विभिन्न तयारी कक्षामा ५० प्रतिशत सम्म छुटसहित पुरस्कारको व्यवस्था

बिग एजुकेशन कन्सल्टेन्सीले सोही अवसरमा सहभागी विद्यार्थीले विभिन्न तयारी कक्षामा ५० प्रतिशत सम्म छुटसहित पुरस्कार र छात्रवृत्तिसमेत प्राप्त गर्न सक्ने जनाएको छ । जसका लागि लक्की ड्रमार्फत विभिन्न आकर्षक गिफ्टह्याम्परको पनि व्यवस्था गरिएका बिग एजुकेशनका फाउण्डर एवं सिइओ केसीले जानकारी दिए । विग एजुकेशनले काठमाडौँ सहित दाङ, धनगढी, बुटवल, नुवाकोट, पोखरा, महेन्द्रनगरमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याई वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको छ । कार्यक्रममा विद्याथीहरुले निःशुल्क प्रवेश गर्न पाउने जनाएको छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्