कास्कीको मादी गाउँपालिकाको आयोजनामा यहि मङ्सिर १५ देखि १७ गते संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्रतियोगितामा हिमालय माध्यमिक विद्यालय प्रथम भएको छ। पालिकाभित्रका १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा हिमालय माध्यमिक विद्यालय, वडा नं. ९ ले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण ,१ रजत ३ कास्य पदकसहित सहित प्रथम स्थान हासिल गरेको हो।
गाउँपालिकाले सार्वजनिक गरेको पदक तालिका अनुसार, महारुद्र माध्यमिक विद्यालय, वडा नं. ६ ले ५ स्वर्ण ,२ रजत ५ कास्य पदकसहित द्वितीय स्थान प्राप्त गरेको छ। त्यस्तै, वडा नं ४ मा अवस्थित धुव्र माध्यमिक विद्यालयले ४ स्वर्ण,४ रजत र ५ कास्य पदकसहित तृतीय स्थान प्राप्त गर्न सफल भएको छ भने सीताराम मा वि ले ३ स्वर्ण , ५ रजत ३ कास्य पदक सहित सान्त्वना स्थान प्राप्त गरेको छ।
यस वर्षको प्रतिस्पर्धामा कुल २२ स्वर्ण, २२ रजत र २३ कास्य गरी ६७ पदक वितरण गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र लामिछानेले जानकारी दिनुभयो। प्रतियोगितामा जनकल्याण मा.वि. र हिमालयमिलन मा.वि. ले कुनै पदक जित्न सकेनन् ।
शिक्षा शाखाका लामिछानेले राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धामा जोड दिदै विद्यार्थीहरूको शारीरिक क्षमता, अनुशासन र आत्मविश्वास अभिवृद्धिमा पनि महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।प्रतियोगितामा विजयी तथा सहभागी सबै विद्यालयहरूलाई मादी गाउँपालिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ।