नेभिगेशन
शिक्षा तथा खेलकुद

नगरस्तरीय वक्तृत्वमा राजेन्द्र भवानीकी रमा प्रथम

भीरकोट नगरपालिकाले सोमबार गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा राजेन्द्र भवानी माध्यमिक विद्यालयका छात्रा रमा अर्याल प्रथम हुनुभएको छ। प्रतियोगितामा दहथुम माध्यमिक विद्यालयका छात्रा चाहना के सी  द्वितीय , भाग्योदय माध्यमिक विद्यालयका छात्र उज्वल थापा तृतीय र पिपल डाँडा माध्यमिक विद्यालयका छात्र वुद्ध रेग्मी शान्त्वना हुनुभएको छ।

गण्डकी प्रदेश सरकार समाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत पुस ३० गते हुने  जिल्लास्तरीय प्रतियोगिताका लागि प्रतिभा छनोट गर्न पालिकास्तरीय प्रतियोगिता गरिएको हो।

 दहथुम माध्यमिक विद्यालयको  सभाहलमा सम्पन्न उक्त प्रतियोगीतामा  रणवीर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक   लक्ष्मी प्रसाद रेग्मी र दहथुम बहुमुखी क्याम्पस का प्रमुख श्री नेत्र प्रसाद रेग्मी निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो।

भीरकोट बालमैत्री नगर सहजकर्ता विष्णुमाया काफ्लेले सहजीकरण गरेको   कार्यक्रममा  भीरकोट शिक्षा शाखा प्रमुख  विष्णु बहादुर भट्टराईको सभापतित्वमा भएको थियो। तर शिक्षा शाखा कमजोर हुँदा र प्रधानाध्यापकहरू जिम्मेवार नहुँदा १७ माध्यमिक विद्यालय भएपनि नगरस्तरीय प्रतियोगितामा जम्मा ८ विद्यालयले भाग लिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्