नेभिगेशन
स्वास्थ्य

शिविरबाट २२८ जनाले पाए विशेषज्ञ सेवा

क्षत्री समाज नेपाल, भीरकोटको  आयोजनामा  बयरघारीमा निःशुल्क मुटुरोग परीक्षण तथा स्वास्थ्य शिविर  सम्पन्न भएको छ। बिहिबार क्षत्री समाज बहुउद्देश्यीय भवनमा आयोजित  शिविरबाट २२८ जना नागरिकले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा प्राप्त गरेको समाजका अध्यक्ष मिन बहादुर के.सी. ले जानकारी दिए ।

गाउँ घरमै  भीरकोटका नागरिकहरूलाई  सहज रूपमा मुटु रोग  सम्बन्धि विशेषज्ञ सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको अध्यक्ष के.सी. ले बताए । उनका अनुसार  परीक्षणका क्रममा ७ जना बिरामीमा मुटुसम्बन्धी गम्भीर समस्या पहिचान भएको छ। पहिचान भएका ती बिरामीहरूको संस्थागत पहलमा निःशुल्क उपचारको व्यवस्था गरिने उनले जानकारी दिए ।

यस शिविरलाई सफल बनाउन स्वदेशी तथा विदेशी विज्ञ चिकित्सकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा प्रोफेसर एसोसिएट डा. कौशल किशोर तिवारी, डा. कटरिना क्रोउपोभा, डा. टिबोर पोरोबान, डा. मिचैला गार्डियानोभा, जनरल मेडिसिन तर्फ  रामचन्द्र खत्री र डा. राजन तिवारीलगायत ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

विशेषगरी आर्थिक रूपमा विपन्न र समयमै अस्पताल पुग्न नसक्ने नागरिकहरूका लागि  स्वास्थ्य शिविर  बढी उपयोगी  हुने भएकाले आगामी  आगामी दिनहरूमा पनि यस्ता जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिइने क्षत्री समाजले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्