नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
राजनीति

स्वर्णिम वाग्ले स्याङ्जा आउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति  एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्ले  स्याङ्जा आउँदै हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी वालिङको आयोजना हुन लागेको   खुला  सभालाई सम्बोधन गर्न उपसभापति डा. वाग्ले यही जेष्ठ २४ गते स्याङ्जा आउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रूक्मागत भण्डारी (विश्वास)ले जानकारी दिनुभयो । 

जेठ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी वालिङले वालिङ नगरपालिका वडा नं. ९ को वडा  अधिवेशन र  १,२,४ र १४ को वडा भेला समेत  आयोजना गरेको जिल्ला सभापति भण्डारीले जानकारी दिनुभयो। वालिङको कार्यक्रममा दिउँसो १ बजे पार्टी उपसभापति वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ।

उपसभापति वाग्लेले गल्याङ नगरपालिका  र कालीगण्डकी गाउँपालिकाका शिक्षाविद् , उद्योगी, व्यवसायी सामाजिक संघ  संस्थाका प्रमुखहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत तय भएको छ। गल्याङको भेटघाट एवं अन्तरक्रिया बिहान ८ बजे गल्याङ बजारमा  र कालीगण्डकीमा हुने भेटघाट एवं अन्तरक्रिया बिहान १०.३० बजे मिर्मी हुने पार्टी स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्