नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
राजनीति

वडा अध्यक्ष खनाल विरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

कुटपिटमा संलग्न एक जना पक्राउ, वडा अध्यक्ष अझै फरार

राष्ट्रिय स्वतन्त्र पार्टीका  केन्द्रिय सदस्य एवं नदी बचाउ अभियन्ता मेघ बहादुर आले र रास्वपाका केन्द्रिय नेतृत्व विकास एवं मानव संसाधन विकास विभाग सदस्य दिनेश तिवारी( दिनकर नेपाल) लाई  कुट्ने वालिङ नगरपालिका वडा नं १० का अध्यक्ष सुनिल खनाल विरुद्ध वडा प्रहरी कार्यालय वालिङमा वालिङ मुद्धा दर्ता भएको छ । मंगलबार आँधीखोला बचाउ अभियानको घोषणा गरेर  फर्कदैं गरेका  तिवारीलाई रड प्रहार गरी घाईते बनाएको आरोपमा वडा अध्यक्ष खनाल  विरूद्ध  प्रहरी कार्यालयमा   मुद्धा दर्ता गरिएको  राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रूक्मागत भण्डारी (विश्वास) ले जानकारी दिनुभयो।

वडा अध्यक्ष खनाल विरूद्ध  ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । एसपी न्यौपानेले वडाध्यक्ष खनाल घटना पछि फरार रहेको बताउँदै खोजी कार्यलाई तिब्र पारिएको बताउनुभयो। सोही घटनाको कुटपिटमा संलग्न वालिङ नगरपालिका वडा नं. ८ का साजन पंगेनीलाई प्रहरीले पक्राउ गरी स्याङजा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसुरमा ७ दिनको म्याद थप गरी कानुनी कारबाही अगाडी बढाएको जनाएको छ । लुकिछिपी बसेको अवस्थामा मिर्दीबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

मंगलबार नेपाली कांग्रेसबाट निर्वाचित वालिङ नगरपालिका १० का अध्यक्ष खनालले आँधिखोला बचाउ अभियानको घोषणा गरी फर्केका तिवारीलाई फलामको रड प्रहार गरी घाईते बनाउनुभएको थियो । 

अवैध नदी उत्खनन र कुटपिटको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापती रूक्मागत भण्डारी(विश्वास) सहितको नेता कार्यकर्ताहरूको टोलीले  जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण   पत्र बुझाएको छ। पार्टीले ध्यानाकर्षण पत्रमा  दिनदाहडै हातहतियारसहित ज्यानै लिने आक्रमणमा संलग्न सबैलाई अविलम्ब गिरफ्तार गरि  हदैसम्मको कानुनी कारबाही गर्न माग गरेको छ।

वडा अध्यक्ष खनालको आक्रमणमा परी टाउको र हातमा चोट लागेका तिवारीको पोखरा स्थित फेवासिटी अस्पतालमा उपचार भैरहेको छ। केन्द्रिय सदस्य आलेको अवस्था भने सामान्य रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्