कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ। गाउँ सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा सोमबार गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले आगामी आर्थिक वर्षको लागि ६१ करोड ६० लाख ५९ हजारको रूपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। कुल बजेट मध्ये ३८ प्रतिशत चालु र ६२ प्रतिशत पुँजीगत क्षेत्रमा खर्च छुट्याईएको छ
बजेटमा सिँचाई आयोजनाहरु, स्वास्थ्य बीमा, शिक्षा तथा खेलकुद, स्वास्थ्य , पोषण , सडक आयोजना, कालीगण्डकी अस्पताल भवन निर्माण कृषि पशुपन्छी विकास लगाएतका मुख्य योजनाहरुमा बजेटको ठूलो अंश विनियोजना भएको छ ।
गाउँपालिकाले पूर्वाधार विकास क्षेत्रमा रु. ९ करोड १ लाख विनियोजन गरेको छ। जस अन्तर्गतका उपक्षेत्रहरुमा सडक तर्फ रु ६ करोड ९८ लाख, भवन, आवास तथा बस्ती विकासमा रु १ करोड ५० लाख, उर्जा र विद्युतमा रु २८ लाख, सूचना र प्रविधि तर्फ रु. २५ लाख विनियोजन गरेको छ।
कट्टी सुलसुले सडकको लागि संघीय सरकारको समपुरक अनुदान र गाउँपालिकाको साझेदारीबाट रु ३ करोड ७६ लाखको बजेट आगामी २ वर्षसम्मको लागि सुनिश्चित गरिएको छ भने आर्थिक वर्ष २०८२/८३ को मा संघीय सरकारबाट रु ६१ लाख र गाउँपालिकाको तर्फबाट सो मा थप रु ६१ लाख गरी कुल १ करोड २२ लाख विनियोजन गरिएको छ। हटिया चिउरीबोट सडकका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदानतर्फको रु ६० लाख र गाउँपालिकाबाट सो मा थप रु ६० लाख गरी कुल रु १ करोड २० लाख विनियोजन गरिएको छ। गाउँपालिका सिटीहल निर्माणको लागि रु १ करोड १० लाख विनियोजन गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ को लागि सामाजिक विकास क्षेत्रमा कुल रु ३६ करोड ६५ लाखको बजेट व्यवस्था गरिएको छ। जसअन्तर्गतका उपक्षेत्रहरु शिक्षा युवा तथा खेलकुद तर्फ रु १९ करोड ५० लाख कुल बजेटको ३२ प्रतिशत, स्वास्थ्य तर्फ रु १४ करोड १४ लाख कुल बजेटको २३ प्रतिशत, पोषणमैत्री तथा बालमैत्री स्थानीय शासन तर्फ रु १ करोड ६५ लाख, लैङ्ङ्गिग समावेशिता तथा सामाजिक समानता लैसास तर्फ रु ४३ लाख, खानेपानी तथा सरसफाई तर्फ रु. ५५ लाख, भाषा तथा संस्कृती तर्फ रु. १८ लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ रु २० लाख विनियोजन गरिएको छ।
कालीगण्डकी अस्पतालको १५ शैयाको भवन निर्माणको लागि रु ८ करोड ५९ लाख, पोषणमैत्री तथा बालमैत्री गाउँपालिका घोषणा कार्यक्रमको लागि रु. १ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ।
कालीगण्डकी गाउँपालिकाका सम्पूर्ण नागरिकहरुको कालीगण्डकी अस्पताल, मिर्मिमा निःशुल्क उपचार गर्न र१५ लाख विनियोजन गरिएको छ। वडा नं. ५ को स्वास्थ्य चौकी भवन निर्माणको लागि रु ३० लाख विनियोजन गरिएको छ।
मिर्मी बहुमुखी क्याम्पसमा पूर्वाधार निर्माण वडा नं. ७ को लागि संघीय सरकारको तर्फबाट र प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी रु १ करोड ६० लाख विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ मा आर्थिक विकास तर्फ रु. ५ करोड ४६ लाख विनियोजन गरिएको छ। स अन्तर्गत कृषि तर्फ रु १ करोड १८ लाख, सिँचाई तर्फ रु २ करोड ३२ लाख, पशु पन्छी विकास तर्फ रु. ५५ लाख, पर्यटन विकास तर्फ रु १० लाख, श्रम रोजगार तथा गरिवी निवारण तर्फ रु. ४६ लाख, वैङ्क वित्तिय तथा सहकारी तर्फ रु २३ लाख, नवप्रवर्द्धन तर्फ रु १८ लाख, उद्योग तर्फ ४४ लाख बजेट विनियोज गरिएको छ।
मिर्मी लिफ्टीङ सिँचाईको लागि ४० लाख, टंलेहवा लिफ्टीङ् सिँचाईको लागि १ करोड १५ लाख, भुष्टङ लिफ्टिङ सिँचाई योजनाको लागि गण्डकी प्रदेश विशेष अनुदान मार्फत ४० लाख बजेट विनियोजन गरिएको छ।
गाउँ सभाले गाउँपालिको असार ६ गतेको गाउँसभाको पहिलो बैठकमा अध्यक्ष खिम बहादुर थापाले पेश गर्नु भएको नीति तथा कार्यक्रम सर्वसम्मतीले पास गरेको छ । गाउँपालिकामा जन्मथलो भई विभिन्न खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक पाउन सफल खेलाडीलाई गाउँपालिकाले सम्मान तथा पुरस्कार प्रदान गरेको छ । साथै आ.व. २०८१/८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने ५ जना कर्मचारीलाई पुरस्कृत र सम्मान गरेको छ ।