नेभिगेशन
अर्थ/वाणिज्य

एघार स्थानीय सरकारको बजेट   ७ अर्ब पैतिस करोड भन्दा बढी

स्याङ्जाका ११ स्थानीय सरकारले  आर्थिक वर्ष २०८२/८३ को अनुमानित  बजेट सार्वजनिक गरेका छन्। पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जाका सबै स्थानीय सरकारहरूले आर्थिक बर्ष २०८२/८३ का। चालु तथा पुँजीगत गरेर ७ अर्ब ३५ करोड ४७ लाख ६१ हजार ४७७ रुपियाँ बराबरको अनुमानित बजेट ल्याएका छन् । 

 

नगरपालिका तर्फ सबै भन्दा धेरै वालिङ नगरपालिकाले १ अर्ब ५ करोड ७६ लाख ९ हजार ९ सय रुपियाँ बराबरको बजेट ल्याएको छ ।

 

पुतलीबजार नगरपालिकाले १ अर्ब तीन करोड ९६ लाख रुपियाँको बजेट ल्याएकोे हो । पुतलीबजारक  बजेटमा चालुतर्फ ६४ करोड आठ लाख र पूँजीगत तर्फ ३९ करोड ८८ लाखको बजेट प्रस्ताव गरिएको हो । 

 

भीरकोट नगरपालिकाले ८२ करोड २८ लाख ५२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो । यहाँ बजेटमा चालू तर्फ  ६३ करोड ९७ लाख ८६ हजार र पुँजीगत तर्फ १८ करोड ३० लाख ६६ हजार रुपियाँ रहेको छ । 

 

गल्याङ नगरपालिकाले ७५ करोड ९५ लाख ४९ हजार ३४३ रुपियाँ बराबरको बजेट ल्याएको छ । बजेटमा चालु तर्फ ४८ लाख ३७ हजार ४५ हजार र पुँजीगत तर्फ २७ करोड ५८ लाख चार हजार ३४३ रुपैयाँ रहेको छ । 

 

चापाकोट नगरपालिकाले ७५ करोड १ लाख ७२ हजार ८ सय २० रुपियाँ बराबरको बजेट ल्याएको छ । यहाँ चालु तर्फ ५९ करोड एक लाख ७२ हजार ८२० र पुँजीगत तर्फ १६ करोड रहेको छ । 

 

गाउँपालिका तर्फ सबै भन्दा धेरै कालीगण्डकी गाउँपालिकाले ६१ करोड ६० लाख ५९ हजार बराबरको बजेट ल्याएको छ । यहाँ चालु तर्फ ३८ करोड १९ लाख ५६ हजार ५८० र पुँजीगत तर्फ २३ करोड ४१ लाख दुई हजार ४ सय२० रुपियाँ रहेको छ । 

आँधीखोला गाउँपालिकाले ५२ करोड ४५ लाख ५६ हजार बराबरको बजेट ल्याएको छ ।    पालिकाले ल्याएको बजेटमा चालु तर्फ ३४ करोड १३ लाख ५६ हजार र पुँजीगत तर्फ १८ करोड ३२ लाख रहेको छ ।  

यस्तै बिरुवा गाउँपालिकाले ४८ करोड ६० लाख ५८ हजार ५ सय ६१ रूपैयाँ  बराबरको अनुमानित बजेट प्रस्तुत गरेको हो । यहाँ चालु तर्फ ३५ करोड ३२ लाख छ हजार ५ सय ६१ र पुँजीगत तर्फ १३ करोड ३८ लाख ५२ हजार रहेको छ । 

अर्जुनचौपारी गाउँपालिकाले ४५ करोड ३७ लाख १० हजार ६५३ रुपियाँको बजेट ल्याएको हो । यहाँ चालु तर्फ ३२ करोड सात लाख २०  हजार र पुँजीगत तर्फ १३ करोड २९ लाख ९० हजार ६ सय ५३ रुपैयाँको अनुमानित बजेट रहेको छ । 

हरिनास गाउँपालिकाले ४३ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यहाँ चालु तर्फ २६ करोड ३८ लाख र पुँजीगत तर्फ १७ करोड चार लाख ५० हजार रहेको छ । 

फेदीखोला गाउँपालिकाले ४१ करोड ३ लाख ५३ हजार दुई सय रूपैयाँ  बराबरका बजेट ल्याएको हो । बजेटमा चालु खर्च २९ करोड ७९ लाख १५ हजार दुई सय र पुँजीगत खर्च ११ करोड २४ लाख ३८ हजार रहेको छ । 

स्याङ्जामा पालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्