नेभिगेशन
राजनीति

प्रेरणादायी महिला जनप्रतिनिधिको सूचीमा उपप्रमुख अर्याल

नेपाली महिला जनप्रतिनिधिहरुको कामलाई प्रचारप्रसार गर्ने अभियान अन्तर्गत गत वर्षदेखि सञ्चालन गरिएको  प्रेरणादायी महिला जनप्रतिनिधि छान्ने कार्यक्रम ‘शी लिड्स आइकन’ को दोस्रो संस्करण जारी छ । यो संस्करणमा  स्याङ्जाको भीरकोट नगरपालिकाबाट नगर उपप्रमुख भगवती रेग्मी अर्याल छनोटमा पर्नुभएको छ ।
उप–प्रमुख अर्यालले नगरलाई अरु स्थानीय तहभन्दा फरक र उदाहरणीय बनाउन महिला सशक्तिकरण, युवाउद्यमशीलता, प्रविधिमैत्री शिक्षा, वातावरण संरक्षण र नागरिक सहभागितालाई प्राथमिकता दिनु भएको छ। उहाँको नेतृत्वमा पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, सीप विकास र पारदर्शिता–जनसहभागिता प्रवर्द्धन जस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्, जसले भीरकोट नगरलाई दिगो र सबल विकासतर्फ अघि बढाइरहेको छ। अर्यालको भोटिङ कोड ३१ रहेको छ। उहाँलाई  नेपालबाट भोट गर्न eSewa एपमा गएर Voting सेक्शन भित्र रहेको "She Leads Icon - Second Edition" मा प्रवेश गरी भोट दिन सकिन्छ । विदेशबाट भोट गर्न www.voting.mypay.com.np मा लगइन गरी "She Leads Icon - Second Edition" मा प्रवेश गरी भोट  दिन सकिन्छ।
 
1000035914-1756522971.jpg
कल्प इम्पावर वेमेनद्वारा आयोजित उक्त आइकन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत सञ्चालित छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि मध्येबाट महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्यसम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधिलाई विश्वसामु परिचित गराउने अभियान शी लिड्स आइकन गर्दै आएको कल्प इम्पावर वेमेनले जनाएको छ ।
 
जस अन्तर्गत दोस्रो संस्करणको ३१ उत्कृष्ट सार्वजनिक गर्दै भोट तथा निर्णायकको निर्णयद्वारा आइकन छनोट गरिने बताइएको छ । देशभरका १३१ प्रेरणादायी महिला जनप्रतिनिधिबाट विभिन्न मापदण्डका आधारमा ३१ जना छनोट गरिएकोमा स्याङ्जाबाट भीरकोट नगरपालिकाकी उपप्रमुख भगवती रेग्मी अर्याल छनोट हुनुभएको हो । ‘हामी रोज्दैछौं, हाम्रा प्रतिनिधि’ भन्ने नारासहित शी लिड्स आइकनले अभियान सञ्चालन गरेको हो ।
 
आयोजकका अनुसार यस संस्करणमा कुल १३१ वटा आवेदन प्राप्त भएका थियो । त्यस मध्ये प्रकिया पूरा भएका १११ आवेदनमध्ये कोशी प्रदेशबाट २०, मधेश प्रदेशबाट १२, बागमती प्रदेशबाट १७, गण्डकी प्रदेशबाट १६, लुम्बिनी प्रदेशबाट १६, कर्णाली प्रदेशबाट १२ र सुदूरपश्चिम प्रदेशबाट १६ आवेदन रहेको थियो । यसमध्ये प्रमुख/अध्यक्षको कुल संख्या १० र उपप्रमुख/उपाध्यक्षको कुल संख्या १०१ रहेको थियो ।
 
१११ महिला जनप्रतिनिधिको आवेदनबाट वरिष्ठ राजनीतिज्ञ तथा प्रथम महिला मुख्यमन्त्रि अष्टलक्ष्मी शाक्य, सञ्चार तथा रणनीतिज्ञ चारु चडड़ा र लैंगिकता र समानता विशेषज्ञ सरु जोशी सहितको निर्णायक मण्डलले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट ५, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट ४, लुम्बिनी प्रदेशबाट ४, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ५ जना गरी जम्मा ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिहरु छनोट गरेका छन् । अन्तिम छनोटमा ७ प्रमुख र २४ जना उपप्रमुख छन् ।
 
गण्डकी प्रदेशबाट स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाकी उपप्रमुख भगवती रेग्मी अर्याल, पर्वत जिल्लाको मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा, लमजुङ् जिल्ला बेशीसहर नगरपालिकाकी उपप्रमुख पद्मा गुरुङ र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारी अन्तिम प्रतिस्पर्धीका रुपमा छनोट भएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्