राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक एवं सांसद सन्तोष परियारले २०८४ को निर्वाचनमा देशभर घण्टी बज्ने दाबी गर्नुभएको छ। आगामी निर्वाचनमा रास्वपाको पक्षमा जनमत उठ्ने र देशभर परिवर्तनको लहर छाउने उहाँको दाबी छ।
राष्ट्रिय स्वतन्त्र पार्टी, गल्याङले आयोजना गरेको वडा नं ११ को वडा भेला एवं अधिवेशनमा बोल्दै परियारले अहिले पार्टी सभापति माथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध जनताको बुलन्द आवाजलाई दबाउन खोज्ने राजनीतिक दललाई आउदो निर्वाचनमा बिदा गरिने उहाँको भनाइ छ। त्यस्तै, पार्टी सभापति रबि लामिछानेलाई थुनेर रा.स्व.पा सकिन्छ भन्ने भ्रममा नपर्न पनि विपक्षी पार्टीलाई उहाँको सुझाव छ । अहिलेको सरकारको नेतृत्व गर्नेहरू जनतालाइ भ्रममा पारेर आफुहरुको जीवनस्तर माथि उकास्नप्रति ध्यान दिएको उहाँको जिकिर छ। नेपाल विकास नहुनुको प्रमुख कारण पनि देशमा भ्रष्टाचार मौलाउनु रहेको उहाँले टिप्पणी छ ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै हालै मात्र पार्टी प्रवेश गर्नुभएका नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले पर्यटन र कृषि क्षेत्रको विकास गर्ने लक्ष्यका साथ रास्वपा अगाडि बढेको बताउनुभयो। उहाँले भन्नुभयो , "हामीले जे बोल्छौ, त्यो गर्छौ । जनतालाइ झुक्याएर काम गर्दैनौँ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएर देशको पहिलो ठुलो दल बनाउन सहयोग गर्नुस् ।"
उक्त कार्यक्रममा जिल्ला भित्रका विभिन्न पालिकाका पार्टी सभापति तथा गण्डकी प्रदेश का नेताहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा गल्याङ नगर सभापति टिकाराम भण्डारी, जिल्ला सभापति विश्वास भण्डारी, केन्द्रिय सदस्य मेघ बहादुर आले , केन्द्रिय संगठन बिभाग प्रमुख झबिलाल डुम्रे, केन्द्रिय नेतृत्व विकास तथा मानव संसाधन विभाग सदस्य दिनकर नेपाल, गण्डकी प्रदेश सह-महामन्त्री कृष्ण लम्साल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगर सभापति डा. वसन्त पङेनी, भीरकोट नगर सभापति मीन प्रसाद के.सी., वालिङ नगर सभापति सुरेन्द्र काफ्ले,गल्याङ नगर सचिव प्रवेश अर्याल लगायतका नेताहरूले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो।