नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
राजनीति

रास्वपालाई धक्का : नेतृत्व नसुध्रिएपछि सुमनाद्वारा राजिनामा

पार्टी सभापति रवि लामिछानेका कारण निरन्तर आलोचित बनेको राष्ट्रिय स्वतन्त्र प्पार्टीलाई अर्को धक्का लागेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमना श्रेष्ठले पार्टी छोड्नुभएको छ। नेतृत्वले निरन्तर गल्ती गरिरहेको तर गल्ती नस्वीकारेको भन्दै उहाँले पार्टी छोडेको घोषणा गर्नुभएको हो। पार्टीको सहमहामन्त्रीबाट यस अघि नै राजिनामा दिनुभएकी उहाँले पार्टीले देश भन्दा पार्टीलाई माथि राख्न थालेकाले पार्टी छाडेको बताउनुभएको छ।समानुपातिकबाट सांसद बन्नुभएकी उहाँ प्रचण्ड नेतृत्वको सरकारमा  शिक्षामन्त्री हुनुभएको थियो।

उहाँले सामाजिक संजालमा लेख्नुभएको छ, " कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन । 

अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।

कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्