नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
अर्थ/वाणिज्य

दशैं लगत्तै स्याङ्जामा रमाइलो मेला हुने

दशैं लगत्तै स्याङ्जामा रमाइलो मेला हुने भएको छ। बयरघरी पिस युथ क्लबको आयोजनामा स्याङ्जाको भीरकोट नगरपालिकामा रमाइलो मेला हुने भएको हो। बडा दशैं र दीपावलीको पावन अवसरमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता एवं चौथो बयरघारी रमाइलो मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष रोशन गुरुङले जानकारी दिनुभयो। 

असोज २३ गते देखि भीरकोट खेलमैदान सिसौघारीमा संचालन हुने रमाइलो मेलाको उद्घाटन नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले  गर्ने कार्यक्रम आयोजकले जानकारी दिएको छ। १ सय ५० व्यापारिक स्टल रहने मेलामा १० वटा स्टल कृषि उपजको लागि निःशुल्क उपलब्ध गराइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो। २० लाख सम्मको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको मेला ११ दिनसम्म सञ्चालन हुनेछ। 

मेलामा पालिकास्तरीय पुरूष भलिबल प्रतियोगिता पनि हुनेछ। लिग सिस्टममा खेलाइने प्रतियोगितामा टीम दर्ताको लागि असोज १६-२१ गतेसम्मको समय दिइएको छ।  जिल्लाभित्र र बाहिरका टीम समेत सहभागी हुने प्रतियोगितामा  प्रथम पुरस्कार १ लाख १५ हजार, द्वितीय पुरस्कार ७० हजार , तृतीय पुरस्कार ४० हजार र सान्त्वना पुरस्कार ३० हजार रुपैयाँ रहेको खेल संयोजक सुरज खाँण ठकुरीले जानकारी दिनुभयो। भलिबल प्रतियोगितामा टीम  दर्ता शुल्क ८ हजार रुपैयाँ रहेको छ।

मेलामा भलिबल प्रतियोगिताका साथै विद्यालय स्तरीय नृत्य र रत्यौली प्रतियोगिता पनि सञ्चालन हुनेछ। मेलालाई थप रमाइलो बनाउन स्थानीय र राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुति समेत रहने संस्थाका सचिव रेश्मा गुरुङले जानकारी दिनुभयो। मेलामा अर्को आकर्षणको रुपमा बाल उद्यान पनि रहनेछ। रमाइलो मेलाको मुख्य प्रायोजक भीरकोट नगरपालिका रहेको आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्