नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
राजनीति

रास्वपाको जिल्ला भेला , RAT गठन गर्ने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाले जिल्लामा आफ्ना गतिविधिलाई तिब्रता दिएको छ । चुनाव लक्षित घरदैलो, मतदाता भेटघाट र संगठन विस्तार गरिरहेको पार्टीले शनिबार जिल्ला भेला, पुतलीबजारमा वडा अधिवेशन र जनताको दुःखमा द्रुत गतिमा सहयोग गर्न र्‍यापिड एक्सन टिम ( RAT ) गठन गर्न लागेको छ। 

शनिबार   पुतलीबजार वडा नं. १४ को प्रथम वडा अधिवेशन  र   Rapid Action Team(RAT)  विभागको गठन गर्न जिल्ला भेला गर्न लागिएको पार्टी सभापति रुक्मागत भण्डारी (विश्वास) ले जानकारी दिनुभयो। नयाँ गठन गर्न लागिएको RAT मा   जेनजी युवाहरूलाई प्रथामिकता दिइने  र उक्त विभागले  दैविक प्रकोप जस्तै बाढी, पहिरो,भुकम्प  जस्ता प्राकृतिक विपद्का समयमा राहत, उद्धार र   मानवीय सेवाका कार्यहरू गर्ने उहाँले बताउनुभयो। सामाजिक तथा मानवीय सेवाका कार्यहरूलाई द्रुत गतिमा अगाडि बढाउन पार्टीको स्वयंसेवक दस्ताको रूपमा RAT ले काम गर्ने भण्डारीले बताउनुभयो। RAT गठनका लागि संयोजकको भूमिकामा रहेका प्रशान्त लामिछानेका अनुसार  र्‍यापिड एक्सन टिममा  ७७ जना सदस्य रहनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्