नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले निर्धारित समयमा चुनाब अहिलेको आवश्यकता भएको बताउनु भएको छ । नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको जिल्ला स्तरीय एकता सन्देश सभालाई शुक्रबार सम्बोधन गर्दै नेता श्रेष्ठले निर्वाचन पश्चात मात्र बैदेशिक हस्तक्षेपको अन्त्य र विकासले गति लिने बताउनुभयो । चुनाबको लागि जेल बाहिर रहेका बन्दी र हतियार भने सरकारले आफ्नो हातमा ल्याउनु पर्ने र सुरक्षा निकाय चुनाब गर्न सक्ने ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।
देशको मुख्य सत्रु भष्ट्रचार भएको बताउदै श्रेष्ठले भ्रष्ट्रचारीलाई अन्त्य गर्न नसके केही नहुने दाबी गर्नुभयो । भ्रष्ट्रचारीलाई कारबाही गरेसँगै एमाले र काँग्रेसले सरकार बनाएको बताउदै श्रेष्ठले जेनजी आदोलन समेत भ्रष्ट्रचारको बिरुद्ध भएको बताउनुभयो ।क्रान्तिकारी बामपन्थी शक्तिहरुको एकता देशको परिवर्तनको लागि भएको बताउदै श्रेष्ठले बामपन्थी एकताले समाजबादी क्रान्ति सफल हुने बताउनुभयो । कम्युनिष्ठ पार्टीहरु विच अहिले भइरहेको एकता कुनै चुनाव जित्ने उद्देश्यका लागि नभएको बताउदै श्रेष्ठले राजनीतिक परिवर्तन हासिल गर्ने दीर्घकालीन लक्ष्यका साथ गरिएको बताउनभुयो।
शान्तिपूर्ण प्रतिस्पर्धाबाट सामााजबादी क्रान्ति सफल हुने बताउदै श्रेष्ठले सरकार, संसद र सडकबाट सफलता प्राप्त गर्ने बताउनुभयो । नेकपा एमाले र माओबादी एकता गरेर दुई तिहाईको सरकार बनाएको स्मरण गर्दै नेता श्रेष्ठले केहीको ब्याक्तिवादी सोचले ६० प्रतिशत बामपन्थी शक्ति असफल भएको बताउनुभयो ।नेपालमा ठूलो राजनीतिक परिवर्तनसँगै केही पनि नगरेको नभई थुप्रै कामहरु भएको बताउदै पूर्व उपप्रधानमन्त्रीसमेत रहनु भएका नेता श्रेष्ठले गुणात्मक फड्को मार्न भने नसकेको बताउनुभयो ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तुल बहादुर गुरुङले देशको लागि ठुलो दुःख गरेको भएपनि गरिबको लागि गर्नु पर्ने काम पुरा नभएको बताउनुभयो । आफूहरुले न्यायको लागि लडेको र केहि गरेको बताउदै गुरुङले जेनजी आन्दोलले सबैका गलत बिचारलाई च्यालेन्ज गरेको बताउनुभयो । यस्तै नेपाली कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अमृता थापाले कम्युनिष्ट पार्टी एक हुन सक्दैनन भन्ने भाष्य अन्त्य हुन लागेको बताउनुभयो ।
एकता सन्देश सभामा केन्द्रिय सदस्य गायत्री गुरुङ, शैलेन्द्र घिमिरे, अमरनाथ शर्मा, ताज मोहम्मद मियाँ, शर्मिला पौडेल, कल्पना अर्याल, ज्ञानु आचार्य, वाईसिएलका उपाध्यक्ष हरि ढकाल, अनेरास्ववियूका उपाध्यक्ष मेघनाथ चापागाई, अनेरास्ववियू(क्रान्तिकारी) का उपाध्यक्ष मदन ढकाल, लोकेन्द्र थापा, शंकरध्वज कार्की लगायतले मन्तब्य राख्नु भएको थियो ।