प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश पाण्डेले सामाजिक संजाल नियमन आवश्यक रहेको बताउनुभएको छ। प्रेस चौतारी स्याङ्जाले वालिङमा आयोजना गरेको छैटौं पदस्थापन तथा अन्तरक्रिया कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकारहरूलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो।पछिल्लो समय सामाजिक संजाल नै मिडिया हो की भन्ने भ्रम पनि सृजना भईरहेको परिप्रेक्षमा पत्रकारिता जगतलाई थप शसक्त बनाउन पत्रकार प्रविधिमैत्री बन्नुपर्ने चुनौती आएको अध्यक्ष पाण्डेले बताउनुभयो । सामाजिक संजालमा स्वतन्त्रताका नाममा अराजकता बढेको तर्फ इङ्कित गर्दै उहाँले सामाजिक संजाल नियन्त्रण भन्दा पनि नियमन गर्नु अत्यावश्यक भएको बताउनुभयो।
उहाँले प्रेस चौतारीले यो वर्ष प्रशिक्षणको वर्ष मनाउने बताउनुभएको छ । समाज रुपान्तरणको अग्रणी भुमिकामा रहेको प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारहरुको क्षमता तथा दक्षता विकास गर्नका लागी यो वर्ष हरेक शाखाले कम्तीमा पनि ३ वटा प्रशिक्षण गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।
प्रविधिको विकास भईरहेको सन्दर्भमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरु पनि प्रविधिमैत्री बन्न आवश्यक रहेको भन्दै विश्व जगतमा एआई प्रविधि आईरहेका बेला पत्रकार पनि समय सापेक्ष बदलिनुपर्नेमा अध्यक्ष पाण्डेको जोड दिनुभयो। अध्यक्ष पाण्डेले भन्नुभयो, “पत्रकारिता जगत अब प्रविधिमय बन्न सकेन भने पछाडि परिन्छ । यो भिडियो पत्रकारिता र स्मार्ट फोनको समय हो। समय र प्रविधी बुझेर पत्रकारिता गर्नु आजको आवश्यकता हो। ”
कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य सिमा क्षेत्री, प्रेस चौतारी नेपालका केन्द्रिय कमिटि महासचिव हिरामान लामा, नेकपा एमाले सल्लाहकार परिषदका प्रदेश अध्यक्ष मोहन रेग्मी, प्रेस चौतारी नेपालका गण्डकी प्रदेश इन्चार्ज गणेश पौडेल, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, विरुवा गाँउपालिका अध्यक्ष सुर्यबहादुर कुँवर, नेकपा एमाले जिल्ला कमिटि उपसचिव चिनमाया गुरुङ, जिल्ला समन्वय समिति उपप्रमुख खड्गराज सुवेदी, नेकपा एमाले वालिङ नगरकमिटि अध्यक्ष शोभाकान्त पौडेल, निर्वाचिन समिति संयोजक तथा पुर्व प्रेस चौतारी केन्द्रिय सदस्य हिमलाल पराजुली, वालिङ नगरपालिका वडा नं. ७ का अध्यक्ष पाण्डुकुमार थापा, वडा नं. ८ का अध्यक्ष दामोदर तिवारीलगायतले आफ्ना भनाई राख्नुभएको थियो ।