नेभिगेशन
राजनीति

आकांक्षी धेरै हुँदा एमालेबाट  २१ जनाको नाम सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा संघीय सांसद बन्न आकांक्षा व्यक्त गर्ने उम्मेदवारको संख्या धेरै भएपछि स्याङ्जा क्षेत्र नं १ र २ बाट  नेकपा एमालेले स्याङ्जाबाट २१ जनाको नाम सिफारिस  गरेको छ । स्याङ्जामा क्षेत्र नं. १ मा ६ जना र क्षेत्र नं. २ मा १५ जनाको नाम सिफारिस गरिएको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारश) ले जानकारी दिनुभयो।

क्षेत्र नं १ बाट मीनप्रसाद गुरुङसहित ६ जनाको नाम सिफारिस  गरिएको छ । शनिबार बसेको क्षेत्र १ को बैठकले मीन प्रसाद गुरुङ, नारायण प्रसाद मरासिनी, सीमा कुमारी क्षेत्री,  टेकु नेपाली, पिताम्बर खनाल (शुशील) र ईश्वर सिग्देल अर्यालको नाम  सिफारिस गरेको हो ।

त्यस्तै क्षेत्र नं. २ मा  कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा सहित १५ जनाको नाम सिफारिस गरिएको  छ । क्षेत्र २ को बैठकले डा. बुद्धिमान श्रेष्ठ, शोभित ढकाल, दिपेन्द्र रेग्मी, मोहन रेग्मी, उदय श्रेष्ठ, महेन्द्र थापा मगर, सुर्यप्रसाद गैह्रे, रामचन्द्र भट्टराई, ऋषि कंडेल, विश्वनाथ अर्याल, नाँसिर खाँ, खगिसरा थापा, भुपराज अधिकारी, किशोर विक्रम मल्लको नाम सिफारिस गरेको हो ।

२१ जनाको नाम सिफारिस भएको भएपनि क्षेत्र नं १ बाट मीन बहादुर गुरूङ र २ बाट खिम बहादुर थापा सम्भावित बलिया उम्मेदवार रहेको सिफारिसमा परेका एक नेताले जानकारी दिनुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्