नेभिगेशन
समाज

जन्मदिनको अवसरमा  १ सय  प्रति श्रीमद्भगवत गीता वितरण

विश्व हिन्दु युवा संघका सदस्य अशोक गैह्रेले आफ्नो जन्मदिनको अवसरमा १ सय प्रती गीता वितरण गर्नुभएको छ। उहाँले  आफ्नो २९ औं जन्मदिनको अवसरमा पायोनिअज हायर सेकेन्डरी स्कुल, वालिङमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूलाई १०० प्रति श्रीमद्भगवद्गीता वितरण गर्नुभएको हो।  बिहीबार  गैह्रेले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयमा गीता वितरण गर्दै जन्मदिन मनाउनुभएको हो।

केक काटेर जन्मदिन मनाउने परम्पराभन्दा फरक र अर्थपूर्ण रूपमा गीता पुस्तक वितरण गरिएको बताउँदै गैह्रेले ज्ञान बाँड्ने कार्य नै सच्चा उत्सव भएको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मेघराज गैह्रेले गीताको महत्व, यसको ज्ञान र जीवनमा हुने उपयोगिताबारे जानकारी दिनुभयो। उहाँले गीता मानवलाई सही मार्गमा हिँड्न र नैतिक जीवन जिउन सहयोग गर्ने उल्लेख गर्नुभयो।

त्यसैगरी सहायक प्रधानाध्यापक केशवराज भट्टराई ले गीता जीवन जिउने कला सिकाउने ग्रन्थ भएको बताउँदै यस किसिमको जन्मदिन मनाउने कार्य सराहनीय भएको प्रतिक्रिया दिनुभयो। उहाँले यसले विद्यार्थीमा नैतिकता विकास हुनुका साथै समाजमा सकारात्मक सोच फैलिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विश्व हिन्दु युवा संघ स्याङ्जा जिल्लाका अध्यक्ष नवराज पौडेलले धर्म, संस्कृति र मौलिकता कहिल्यै नबिर्सनुपर्नेमा जोड दिनुभयो। उक्त कार्यक्रम विश्व हिन्दु युवा संघ स्याङ्जाको समन्वयमा सम्पन्न भएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्