नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
राजनीति

एमालले बनायो गैह्रेको नेतृत्वमा १५०१ सदस्यीय  निर्वाचन परिचालन कमिटि

नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित निर्वाचन परिचालन कमिटि बनाएको छ । बिहीबार बसेको पार्टी जिल्ला कमिटिको बैठक तथा अभिमूखिकरण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस) को संयोजकत्वमा १५०१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गर्ने निर्णय गरेको हो ।

परिचालन कमिटिमा जिल्ला कमिटि, जिल्ला सल्लाहकार कमिटि, निर्वाचन क्षेत्रीय समन्वय कमिटिका, पालिका कमिटि, जनप्रतिनिधि, जनसंगठनका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्लाका पदाधिकारी र वडा कमिटिका सबै पदाधिकारी रहने जनाइएको छ ।

साथै, बिहीबारको बैठकले पार्टीकी केन्द्रीय सदस्य सिमाकुमारी क्षेत्रीको संयोजकत्वमा निर्वाचन परिचालन हाइकमाण्ड, चक्रबहादुर पराजुलीको नेतृत्वमा जिल्ला अनुगमन तथा मूल्यांकन समिति र प्रदेश कमिटि सचिवालय सदस्य सुधिर पौडेलको नेतृत्वमा प्रशासनिक सहजीकरण तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, बिहीबारकै बैठकले खड्कराज सुवेदीको नेतृत्वमा स्थानीय जनप्रतिनिधि समन्वय समिति पनि गठन गरेको छ ।

बिहीबार सम्पन्न पार्टीको बैठक तथा अभिमूखिकरण कार्यक्रम जिल्ला पार्टी अध्यक्ष सूर्यप्रसाद गैरेको अध्यक्षता, पार्टी केन्द्रीय सचिव पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यता र पार्टी जिल्ला सचिव रामचन्द्र भट्टराईको सञ्चालनमा भएको थियो । 

कार्यक्रममा पार्टी केन्द्रीय सचिव पद्माकुमारी अर्याल, निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार मिनप्रसाद गुरुङ, निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार खिमबहादुर थापा र पार्टीका नेता तथा नेतृहरू सुधिर पौडेल, रामबहादुर थापा, नारायण मरासिनी, सिता सुन्दास, सिमा क्षेत्री लगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्