नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाज

वालिङ जेसिजको अध्यक्षमा कोइराला

वालिङ जेसिजको वर्ष २०२६ को नेतृत्व युवा व्यवसायी बिदुर कोइरालाले गर्नुहुने भएको छ। वालिङ जेसिजको २१औँ वार्षिक साधारण सभा तथा  अधिवेशनबाट जेसी बिदुर कोइराला अध्यक्षमा चयन हुनुभएको हो। 

त्यसैगरी महासचिवमा जेसी एक नारायण कोइराला, कोषाध्यक्षमा जेसी साजन पंगेनी तथा कार्यकारी उपाध्यक्षमा जेसी सन्तोष रेग्मी , जेसी विष्णु पंगेनी निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा सरोज अधिकारी, पूजा कोइराला, यादव पौडेल र भरत विक्रम काफ्ले चयन हुनुभएको छ।अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको गह्रौसुरमा आयोजित कार्यक्रममा पदास्थापन गरिएको छ।

1000047955-1769274712.jpg
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले युवा सशक्तीकरण आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले जेसिजमा आबद्ध युवाहरूले सकारात्मक सोचका साथ नेतृत्व तथा व्यक्तित्व विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। साथै अग्रज व्यक्तित्वहरूको सल्लाह र सुझावलाई मनन गर्दै अघि बढेमा सफलता हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथि, पूर्व अध्यक्ष, जेसिज सदस्य तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले वालिङ जेसिजले सामाजिक सेवा, नेतृत्व विकास तथा युवाको क्षमता अभिवृद्धिमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो।


1000047947-1769274309.jpg
नवनिर्वाचित अध्यक्ष जेसी बिदुर कोइरालाले जेसिजको मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै युवालाई नेतृत्वमा अघि बढाउने, सामाजिक उत्तरदायित्व वहन गर्ने तथा समुदायको समग्र विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्