नेभिगेशन
राजनीति

वालिङमा चुनाव विशेष सार्वजनिक बहस : ७ पार्टीका उम्मेदवार उपस्थित

स्याङ्जाको वालिङमा मतदाता र उम्मेदवारबिच प्रतिनिधि सभाको चुनाव विशेष  सार्वजनिक बहस कार्यक्रम  गरिएको छ । बहसमा स्याङ्जा क्षेत्र नं २ का ७ पार्टीका उम्मेदवारहरू उपस्थित भएका थिए।अकला आवाज साप्ताहिकको आयोजनामा शुक्रबार बिहान  वालिङ उद्योग वाणिज्य संघको सभाहलमा स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरु र यहाँका मतदाताबिच सार्वजनिक बहस गरिएको हो । जनताको चासो, जनताको भावना र जनताको सरोकारका लागि मतदाताको प्रश्न, उम्मेदवारको जवाफ विषयमा उम्मेदवार र मतदाताबिच बहस कार्यक्रम भएको हो । 

कार्यक्रममा नेकपा एमालेका उम्मेदवार खिम बहादुर थापा, रास्वपाका उम्मेदवार  झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पदमबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार  रविन पाठक, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे, जनमुक्ति पार्टीबाट हरिदेव थापा, जय मात्रिभूमि पार्टीबाट धनबहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट तेजबहादुर थापा लगायतले आफ्ना चुनावी ऐजेण्डा प्रस्तुत गर्नुभएको थियो । बहस  कार्यक्रममा नेपाली काङ्ग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई कार्यक्रम बारे समयमै जानकारी गराएको  भएपनि  उहाँ कार्यक्रममा सहभागी अकला आवाज साप्ताहिकका अध्यक्ष एवं प्रधानसम्पादक प्रकाश डुम्रेले जानकारी दिनुभयो।

कार्यक्रममा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुले आफ्ना पार्टीको एजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो  कार्यक्रममा सहभागी भएका मतदाताहरुले विकास , सुशासन , जनजिविका र नागरिक सरोकारका विषयमा प्रश्न गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्