नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
राजनीति

 स्याङ्जामा नेपाली काँग्रेसको क्षेत्रीय सम्मेलनको तयारी तिब्र, गगन थापा प्रमुख अतिथि 

२ हजार ५ सय नेता कार्यकर्ताको उपस्थिति रहने

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ को दोस्रो क्षेत्रीय सम्मेलनको तयारी तिब्र पारिएको छ। यही जेठ ३ गते शनिबारका दिन आयोजना हुने सम्मेलन  नेपाली कांग्रेसका महामन्त्री  तथा संघीय सांसद  गगन थापाको प्रमुख आतिथ्यतामा  हुने क्षेत्रीय सभापति तुलसीराम रेग्मीले जानकारी दिनुभयो।

सामाजिक संजाल मार्फत तिब्र प्रचारप्रसार भैरहेको सम्मेलन सफल र प्रभावकारी बनाउन सबै तहका कार्यसमिति र  नेताहरूसँग व्यापक छलफल र अन्तरक्रिया गरिएको उहाँले बताउनुभएको छ। आवश्यकता अनुसार यातायातको समेत प्रबन्ध मिलाइएको बताउँदै उहाँले सम्मेलनमा करिब २ हजार ५ सय नेता कार्यकर्ताहरू उपस्थिति रहने स्मार्ट अखबारलाई जानकारी दिनुभयो।

स्याङ्जा सदरमुकाम पुतलीबजार-१, सिटीहल, स्याङ्जामा हुने सम्मेलन बिहान ११:०० बजे सुरु हुने बताइएको छ। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ ले जिल्लाबासी सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिकहरूलाई उपस्थितिको लागि सादर निमन्त्रणा गरेको छ।क्षेत्र नं १ मा रहेका ८ वटा स्थानीय तह र ५२ वटा वडामा १ हजार ३० जना क्षेत्रीय प्रतिनिधि रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्