नेभिगेशन
राजनीति

समानुपातिक प्रणालीमा रास्वपाले जित्यो ५७ सिट

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२ को  समानुपातिक प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा दलहरूले पाउने सीट सङ्ख्याको टुङ्गो लगाएको छ। देशभरिबाट समानुपातिक प्रणालीतर्फको दलहरूले पाएको कुल सदर मतमध्ये तीन प्रतिशत मत कटाएका छ वटा राजनीतिक दललाई ११० सीट भाग लगाइएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

निर्वाचन आयोगका अनुसार  कुल ५१ लाख ८३ हजारभन्दा बढी मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सीट जितेको छ।दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ।  १७ लाख ५९ हजार मत पाएको नेपाली कांग्रेसले २० सीट जितेको छ।समानुपातिक प्रणालीतर्फ  १४ लाख ५५ हजार मत पाएको नेकपा एमालेले १६ सीट प्राप्त गर्दै तेस्रो स्थानमा पुगेको   छ।साथै नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक प्रणालीमा ९ सीट पाएको छ।

पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा भाग लिएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार मत प्राप्त गरेर   चार सीट पाएको छ।  ३ लाख ३० हजार मत पाएर ३ प्रतिशतको 'थ्रेसहोल्ड' कटाउने अन्तिम दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ४ सीट पाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्