नेभिगेशन
अर्थ/वाणिज्य

बजारमा ग्यासको अभाव टार्न  आधा सिलिन्डर ग्यास बिक्री गरिने

 

इरान अमेरीका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा ग्यासको अभाव भएको छ। यसको असर नेपाली बजारमा समेत परेको छ।  बजारमा ग्यासको अभाव देखिएपछि   नेपाल आयल निगमले  शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले  अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउने बताउनुभयो । बजारमा ग्यासको अभाव टार्न यस्तो गर्नुपरेको उहाँले बताउनुभयो।आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ । उपभोक्ताले प्रतिसिलिन्डर ९ सय ५५ रूपैयाँ मा ग्यास खरिद गर्न पाउनेछन्। अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन निगमले यस्तो निर्णय गरेको   उहाँले बताउनुभयो ।यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सजिलै ग्यास पाउने निगमको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्