नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कृषि

हरिनास गाँउपालिकामा एक सय दुई हाते ट्याक्टर वितरण

स्याङ्जाको हरिनास गाउँपालिकाले एक सय २ वटा हाते ट्याक्टर वितरण गरेको छ।पछिल्लो समय कृषि कर्म प्रति आकर्षण कमी हुँदै जान थालेपछि  गाँउपालिकले कृषि कर्ममा आधुनिकता सहित व्यवयसायीक कृषक वृद्धी गर्ने लक्ष्यले पचास प्रतिशत अनुदानमा  हाते ट्याक्टर वितरण गरेको हो ।

वैदेशिक रोजगारमा युवाहरुको आकर्षण बढ्दा खेती योग्य जमिन बाँझो हुन थालेपछि कृषि पेशामा युवालाई आकर्षण गर्न र परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्य राख्दै हाते ट्याक्टर वितरण गरेको गाँउपालिकाले  सामुहिक खेतीको अवधारण पनि ल्याउने बताएको छ । परम्परागत कृषि प्रणलि निकै झन्झटिलो र उत्पादनमा पनि कमि हुने गरेकोले कृषकलाई प्रविधि संगै अगाडि लाने र उत्पादनमा वृद्धी गर्ने लक्ष्य रहेको हरिनास गाँउपालकाका अध्यक्ष खिम नारायण मानन्धरको भनाई छ ।

पालिकाले डिजेल ईन्जिन र पेट्रोल ईन्जिन गरि दुई किसिमको हाते ट्याक्टर वितरण गरेको हो । डिजेल इन्जिनको ट्याक्टर लिने किसानले पचास प्रतिशत छुट सहित २२ हजार ४ सय ७२ तथा पेट्रोल इन्जिन ट्याक्टर  लिने कृषकले १२ हजार नौ सय ७२ रुपैयाँ बुझाएका छन्।

वडा नं १ मा उन्नाईस, वडा नं २ मा नौ, वडा नं ३ मा अठार, वडा नं चारमा  तेईस, वडा नं पाँचमा एघार, वडा नं छ मा चार र वडा नं सातमा अठार वटा ट्याक्टर वितरण गरिएको थियो । छब्बीस लाख पचहत्तर हजार रकम विनियोति गरि तिस दिने सुचना प्रकाशन गरे पश्चात विडिएस नेपाल स्वयम्भु काठ्मान्डौले टेन्डर पार्दे यही फागुन  २१ गते सम्झौता गरेको थियो । ट्याक्टर  वितरण कार्यक्रममा बोल्दै अध्यक्ष मानन्धरले ट्याक्टर चलाउन नजान्ने तथा टाढा लान असहज हुने कृषकलाई पालिकाको ट्याक्टर मार्फत घर घरमै पुय्राइदिने प्रतिवद्धता समेत गर्नुभयो । हाते ट्याक्टर वितरण संँगै कृषिमा क्रमश रचनात्मक कार्य अगाडी बढाउने लक्ष्य राखेको पालिकाले हाते ट्याक्टर वितरण गरे संँगै कृषकको जिवन स्तर वृद्धि हुने र दिगो विकाशमा महत्वपुर्ण योग्दान पुय्राउने आफ्नो अपेक्षा रहेको हरिनास गाँउपालिकाका प्रवक्ता ओम सीग्देलको भनाई थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्