नेभिगेशन
पर्यटन/विकास

३ वर्षमा बन्नुपर्ने पक्की पुल सात वर्षमा 

भीरकोट नगरपालिका–४, छाङछाङ्दी र वालिङ नगरपालिका–११, छतीवनको आँधीखोलाको पक्की पुलको सात वर्षमा निर्माण सकिएको छ । तीन वर्षमा सक्ने गरेर थालिएको पुल सम्झौता गरेको सात वर्षमा सकिन लागेको हो भने पुलको बार र छेउको बाटो गरी केही काम बाँकी रहे पनि मुख्य काम भने सबै सकिएको हो । 

रायमाझी दी क्याराभान काठमाडौँले सडक डिभिजन कार्यालय पोखरासँग २०७५ असार २६ गते सम्झौता गरेर काम अगाडि बढाएको थियो । अनुमान लागतमा ३३.२६ प्रतिशत छाडेर निर्माण कम्पनीले १४ करोड २६ लाख ३७ हजार ४२० रुपियाँमा सभ्झौता गरेको थियो । स्याङ्जाको भिरकोटबाट पर्वतको पैयुँ, महाशिला पुग्ने छोटो र मुख्य पुल हो । 

सार्वजनिक खरिद नियमावली अनुसार चौथो पटक म्याद थप गरेर चैतसम्म म्याद रहेकोमा निर्माण कम्पनीले दुई महिना ढिला काम सकेको हो । निर्माण कम्पनीको ढिलाइ भएको बताउँदै सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बाँस्तोलाले चैतपश्चात् विभागको निर्णय अनुसार जरिबाना गर्ने/नगर्ने भन्ने टुङ्गो लाग्ने बताउनुभयो । जरिवाना भएमा सम्झौता रकमको ०.०५ प्रतिशतका दरले दैनिक सात लाख १३ हजार १८७ रुपियाँ हर्जना निर्माण कम्पनीले तिर्नुपर्ने छ । यो पक्की पुल तीन स्पानमा १२७ मिटर लम्बाइ र ११ मिटर चौडाइको रहेको छ ।

पुल निर्माण समयमै नसकिँदा साबिकको स्वरेक र पर्वतबाट ओहोरदोहोर गर्ने नागरिकले वालिङ र बयरघारीबजारमा रहेको पुल प्रयोग गर्नु परेको थियो । पुल समयमै नबन्दा हजारौँ स्थानीय तथा विद्यार्थीले जोखिम र समय खर्चेर यात्रा गर्नु परेको थियो । 

पुल निर्माण सकिएसँगै स्थानीय, विद्यार्थीलाई ओहोरदोहोरमा सहज भएको छ भने केही दिनमा सवारी साधन चल्न थालेसँगै यात्रु र यस क्षेत्रका कृषि उत्पादन ओसारपसारमा सहज हुने छ । यो पुल सकिएसँगै सडक डिभिजन स्याङ्जाका सबै निर्माण सकिएका छन् ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन/विकास
तस्बिरमा गडहरे गुफा

तस्बिरमा गडहरे गुफा

गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा पर्ने भीरकोट नगरपालिकामा अवस्थित गडहरे गुफाको यात्रा गर्न सम्भव लम्बाई ६७८ मिटर छ । गडहरे गुफाभित्र अक्सिजनको अभाव छैन र पानीको थोपा चुहिने देखि...
तस्बिरमा सुन्दरचौर पार्क

तस्बिरमा सुन्दरचौर पार्क