नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
सम्पादकीय

 बुद्ध दर्शनको उज्यालो – हिंसा र अराजकताका अन्धकारमा आशाको किरण

आजको समयमा हामी हत्या, हिंसा, आतंक, व्यभिचार, द्वेष र लोभको जालोमा अल्झिएको देख्छौं। मानवता संकटमा परेको छ। यस्ता समस्याको समाधान केवल कानुनी व्यवस्था वा बल प्रयोगबाट सम्भव छैन, यसको स्थायी समाधान आध्यात्मिक परिवर्तन र नैतिक चेतनाबाट मात्र सम्भव छ। यही सन्दर्भमा भगवान बुद्धको दर्शन, उपदेश र अष्टाङ्गिक मार्गको महत्व अझ बढी महसुस हुन थालेको छ।

बुद्धले करुणा, अहिंसा र मध्यम मार्गको शिक्षाबाट संसारलाई चेतना दिए। उनले भन्नुभयो– "न त घृणाले घृणा मेटिन्छ, न त बदला लिँदाको पीडाले पीडा सकिन्छ, यो त केवल माया र क्षमाले सम्भव हुन्छ।" आज मानव समाजलाई यस्तै शिक्षाको खाँचो छ। बुद्धको अष्टाङ्गिक मार्ग– सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधिको अभ्यासले व्यक्तिमा नैतिकता, अनुशासन र ध्यानको विकास हुन्छ।

यस्तो मार्गमा हिँड्नेहरूले आफूभित्रको द्वेष, लोभ र मोहलाई जित्न सक्छन्। यसले समाजमा शान्ति, सद्भाव र सहिष्णुता फैलाउँछ। त्यसैले आजको अराजक समयलाई शान्तिपूर्ण बनाउने उपाय बुद्ध मार्गको अभ्यासमा नै निहित छ।

बुद्ध जयन्तीको यो पावन अवसरमा सम्पूर्ण मानव समाजलाई बुद्धका उपदेश अनुसरण गर्न प्रेरणा मिलोस्। सम्यक मार्गमा हिँडेर हामी आत्मिक मुक्ति र सामाजिक समता प्राप्त गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्