नेभिगेशन
समाज

प्रहरीसँगको सहकार्यमा नगरस्तरीय जनचेतना कार्यक्रम 

भीरकोट नगरपालिका, स्याङ्जाको आयोजनामा आत्महत्या निरूत्साहन, लागू औषध दुर्व्यसनी विरूद्ध जनचेतना तथा ट्राफिक सचेतनासम्बन्धी नगरस्तरीय कार्यक्रम  सम्पन्न भएको छ। नगरभित्रका संस्थागत माध्यमिक विद्यालयहरू बालोदय मावि, कन्साइन्स मावि, बुद्ध मावि, बालज्योति मावि , भू.पू. सैनिक कम्युनिटी एकेडेमी र दहथुम मा.वि. का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, आमा समुहका सदस्यहरू सहित  करिब ३ सय जना सहभागी भएका थिए।FB_IMG_1748262297674-1748262395.jpg

वडा प्रहरी कार्यालय वालिङसँगको सहकार्यमा आयोजना गरिएको  सचेतना कार्यक्रममा  प्रहरी नायव उपरीक्षक दीपक कुमार साह, प्रहरी निरीक्षक कुमार शर्मा तथा प्रहरी सहायक निरीक्षक शान्तबहादुर कुँवरले आत्महत्या न्यूनीकरण, लागू औषध दुर्व्यसन विरूद्ध सचेतना र ट्राफिक नियमबारे प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बालविवाह, लागू औषध र आत्महत्या जस्ता गम्भीर समस्याहरू न्यूनीकरण गर्न अभिभावक, शिक्षक, जनप्रतिनिधि, प्रहरी र राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बालमैत्री स्थानीय शासनको दिगो कार्यान्वयनमा नगरपालिका प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो।

नगर बालमैत्री सहजकर्ता विष्णुमाया काफ्लेले विद्यार्थी तथा किशोर–किशोरीहरूलाई बाबुआमाको दुःख बुझ्न, जीवनको लक्ष्य निर्माण गर्न र दुर्व्यसनजस्ता कुराबाट टाढा रहन आग्रह गर्नुभयो। नगरले सचेतनाका वडा स्तरीय सचेतना  कार्यक्रम निरन्तर गरिरहेको बताउँदै उहाँले सभ्य र सुरक्षित समाजको निर्माणमा  सरोकारवाला सबैको सहकार्य अत्यावश्यक रहेको बताउनुभयो।

सचेतना कार्यक्रमको  सञ्चालन वडा नं. ८ का अध्यक्ष नन्दलाल खनालले गर्नुभएको थियो भने नगर प्रवक्ता दिपेन्द्र के.सी.ले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको अध्यक्षता नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले गर्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्