नेभिगेशन
अर्थ/वाणिज्य

शुभलक्ष्मी सहकारी संस्थाको चौधौँ वार्षिक साधारणसभा सम्पन्न

भीरकोट नगरपालिका - १ बयरघारीमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौँ वार्षिक साधारण सभा भीरकोट १ प्रगतीटोलमा रहेको भीरकोट बहुउद्देश्यीय क्षत्री समाज भवनमा आइतबार  सम्पन्न भएको छ ।संस्थाको अध्यक्ष श्री भक्त बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा  जिल्ला सहकारी सघं लि.स्याङ्गजाका अध्यक्ष  लक्ष्मीपती पौडेल, भीरकोट  नगर प्रवक्ता दिपेन्द्र के सी,क्षत्री समाज नेपाल भीरकोट नगर समितिको अध्यक्ष मिन बहादुर के सी, तमु समाज सेवा समितिका वरिष्ट उपाध्यक्ष खेम बहादुर गुरुङ्ग,ब्राह्मण समाजका अध्यक्ष लिलाप्रसाद रेग्मी,लायन्स क्लव अफ भीरकोटका संस्थापक अध्यक्ष  याम प्रसाद अधिकारी, शेयर सदस्य र आगन्तुक गरी करिब १हजार जनाको उपस्थित रहेको  थियो।

व्यवस्थापक  लेख बहादुर के सीले सञ्चालन गरेको चौधौँ वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष भक्त बहादुर के सी ,लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट लेखा  संयोजक नुवादत्त अर्याल र व्यवस्थापनको तर्फबाट व्यवस्थापक लेख बहादुर केसीले  वार्षिक प्रगति   प्रतिवेदन ले प्रस्तुत गरेका थिए ।

संस्थाको चौधौ वार्षिक साधारण सभामा संस्थाले ७ वटा विधामा सम्मान कार्यक्रम पनि गरेको थियो । जस अन्तर्गत सदस्यको छोराछोरीहरु मध्येबाट गत वर्ष २०८२ सालको एस.ई.ई.मा पास हुने मध्ये भीरकोट २ निवासी संस्थाको शेयर सदस्य विक्रम के सी र ईन्दीरा खत्री केसी छोरी चाहाना केसीलाई सम्मान गरिएको थियो  । उनले एसईई परीक्षामा  ३.९१ जि.पी.ए. प्राप्त गरेकी थिइन्  ।    यस्तै,   भीरकोट २ निवासी संस्थाको शेयर सदस्य मन बहादुर कार्की र रुपा कार्कीको छोरी दिक्षा कार्की (३.६६ जि.पी.ए.) र  संस्थाको शेयर सदस्य चन्द्र बहादुर के सी(क्षत्री) र पम कुमारी के सी(मिठु)को छोरा असीम केसीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।साथै २०८३ सालको बाह्र कक्षाको परिक्षामा उत्कृष्ट अकंका साथ सफल हुने सदस्यको छोराछोरीहरु मध्ये संस्थाको शेयर सदस्य चन्द्र बहादुर केसी(क्षत्री) र पम कुमारी के सी(मिठु)को छोरी ऐश्वर्या केसीले ३.६१ जि.पी.ए.सहित प्रथम स्थान हासील गरी उतिर्ण भएकोमा नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

संस्थाको जेष्ठ शेयर सदस्यको रुपमा भीरकोट २ निवासी ८७ वर्षीय याम बहादुर खत्री क्षत्रीलाई  नगद र  प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।उत्कृष्ट नियमीत बचतकर्ताको रुपमा भीरकोट ५ निवासी  भीमलाल अर्याल, उत्कृष्ट ऋणी सदस्यको रुपमा भीरकोट २ निवासी तेज बहादुर सेनलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।उत्कृष्ट लघुवित्त केन्द्रको रुपमा भीरकोट १ स्थित प्रगतीटोलमा रहेको ओडारे महिला स्वाबलम्बन केन्द्रलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।संस्थाको उत्कृष्ट कर्मचारीको रुपमा लक्ष्मी के सी लाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा वक्ताको रुपमा  भुमिजगं के सी, पिता कुमारी खनाल, इन्दीरा खत्री के सी, याम प्रसाद अधिकारी(लक्ष्मण),संस्थाको प्रमुख सल्लाहकार छायाराम खनाल, प्रमुख अतिथी क्ष्मीपति पौडेल लगायतले   संस्थाको प्रतिवेदन तथा हाल सम्मको उपलब्धी र सुधार गर्नुपर्ने विषयहरुको सन्दर्भमा  सुझाव तथा शुभकामना व्यक्त गरेका थिए ।

चौधौ वार्षिक साधारण सभाले सदस्यहरुलाई १० प्रतिशत शेयर लाभांश  र संरक्षीत पूँजी फिर्ता कोषको पचास प्रतिशत रकम तथा कर्मचारी लाभांश कोषबाट बोनस ऐन बमोजिम लाभांश वितरण गर्ने तथा आ.वा.०८२/०८३ को लेखापरिक्षण प्रतिवेदन स्विकृत गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।साथै आउदो आ.व.०८३/०८४ को लागि महत्वपुर्ण योजनाहरुको साथमा आवश्यक बजेट पनि स्विकृत गरेको छ। साधारण सभाबाट  संचालक समिति,लेखा समिति तथा व्यवस्थापनबाट पेश भएका तिन वटै महत्वपूर्ण प्रतिवेदनहरु बहुमत सदस्यहरुबाट स्विकृत भएको छ ।

संस्थाको गत असार  मसान्त सम्मको वित्तीय विवरणमा शेयर पूँजी एक करोड ९६ लाख ५८ हजार ५०० रूपैयाँ ,बचत २२करोड १० लाख ७६ हजार ६९१  रूपैयाँ , ऋण लगानीमा १६ करोड ४७ लाख एक हजार ६८३ रूपैयाँ ,जगेडा कोषमा ३ करोड ५० लाख ४८ हजार रूपैयाँ,,मुनाफा रु६५लाख ८७ हजार ३३६ रूपैयाँ  रहेको छ। संस्थामा शेयर सदस्य संख्या २ हजार १११ जना,ऋणी सदस्य संख्या ३२० जना,खराब ऋण प्रतिशत ३.१०,कर्मचारी संख्या ८ जना,बैकं तथा नगद मौज्दात १२ करोड ७४ लाख ८३ हजार २४१ रूपैयाँ ,तरलता प्रतिशत ५७.६६ र कुल वासलात ३० करोड ९ लाख ७७ हजार ८४५ रुपयाँ  रहेको छ ।

२०७० असार ३ गते विधिवत दर्ता भई निरन्तर मुनाफामा संचालीत छ ।भीरकोटमा दुध उत्पादन र गाईपालनको संंस्थागत शुरुवात गर्ने पहिलो सहकारी संस्था शुभलक्ष्मी सहकारी संस्था लि.मानीन्छ ।यस संस्थाले सदस्य र समुदायको हितको लागि विभीन्न समयमा गाईपालन जस्तै विभीन्न रचनात्मक र सिर्जनसिल गतिविधीहरु गर्दै आएको छ। समुदायमा शुभलक्ष्मी सहकारी संस्था पहिलो रोजाईको सहकारी संस्था मानीन्छ ।यस संस्थाका सदस्यहरु सेवा र प्रतिफल दुवैमा अत्यन्तै सन्तुष्टि देखिन्छन ।संस्थाले विभीन्न समयमा विभीन्न किसीमका सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु पनि गर्दै आएको छ ।

आगामी वर्षमा संस्थाले सदस्य सशक्तीकरणको लागि हप्तामा कम्तीमा दुईवटा दुई घण्टाको सदस्य शिक्षा कार्यक्रम संचालन गर्ने,सहकारी र वित्तीय साक्षरताको कार्यक्रमहरु समुदायमा संचालन गरि सदस्य विस्तार गर्ने,आगामी वर्षहरुमा सदस्यहरुलाई संरक्षीत पूँजी फिर्ताकोष बाट रकमको वितरण गर्ने अर्थात कारोबारको अनुपातको आधारमा बोनस दिने,सदस्यहरुको स्वास्थ्य बिमाको लागि संस्थाबाट केही रकममा संस्थागत योगदान गर्ने,सदस्यको मृत्यू भएमा सदस्यको परिवारलाई मृत्यु संस्कार खर्चमा केही रकम अनिवार्य विनीयोजन गर्ने,सदस्हरुलाई निशुल्क उद्यमसिलत तथा सिपमुलक तालीमहरु प्रदान गर्ने,सदस्यहरुलाई भ्रमणको व्यवस्था मिलाउने,सदस्यहरुको स्वास्थ्य उपचारमा विभीन्न हस्पिटलहरुमा र विभीन्न मार्टहरुबाट सामान खरिदमा सदस्यहरुलाई छुटको व्यवस्था मिलाउने,उच्चतम शेयर बोनस र कारोबारको बोनस दिने जस्ता योजना बनाएको छ ।

यस सहकारी संस्थाले संस्थाको सदस्यहरुलाई गण्डकी मेडीकल कलेज पोखरामा २० प्रतिशत सम्म स्वास्थ्य उपचारमा छुटको व्यवस्था मिलाईसकेको छ ।यस संस्थाले आगामी वर्षबाट सदस्यहरुबाट उत्पादीत केही अर्गानिक वस्तुहरुको प्रवद्र्दन र बजारीकरणको लागि केही नयाँ योजना ल्याउने तयारी र घोषणा समेत गरिसकेको छ ।यस सहकारी संस्था सदस्य र समुदाय केन्द्रीत भई विगत १३ वर्ष देखि भीरकोट वडा नं.१ बयरघारीमा  सहकारी ऐन कानुन र मापदण्डमा रही संचालनमा रहको छ। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै