नेभिगेशन
समाचार

स्याङ्जामा चितुवाको आक्रमणबाट एक जना घाइते

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–११ तल्लो पेखुमा मंगलबार राती चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार राती  करिब १ :२० बजे ४५ वर्षीय मुक्त बहादुर थापा आफ्नै घर नजिकैको कुखुराको खोरमा चितुवा पसेको थाह पाई हेर्न जाँदा  चितुवाले अचानक आक्रमण गरेको हो।

घटनामा मुक्त बहादुर थापा  घाइते हुनुभएको छ। उहाँको टाउको र बायाँ हातमा चोट लागेको हुनाले  प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि स्याङ्जाबाट पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो। चितुवाको आक्रमणबाट २ वटा कुखुरा मरेका छन् २ वटा घाइते भएका छन्। 

घटनापछि जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले  सम्पूर्ण जिल्लाबासीलाई  सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। वन्यजन्तु खासगरी चितुवाले मानिस तथा चौपायामाथि आक्रमण गर्ने सम्भावना उच्च रहेको भन्दै जंगल आसपासका क्षेत्रका नागरिकहरूलाई मानवीय सुरक्षालाई पहिलो प्राथमिकता प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्