नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

अर्जुनचौपारीमा गाउँ सभा सुरू

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा गाउँ सभा सुरू भएको छ। सोमबार  गाउँ सभाको  १७ औं अधिवेशनको पहिलो बैठक बसेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो।

आजको गाउँ सभाको बैठकमा  ६ वटा प्रतिवेदनहरू पेश भएका छन्। गाउँपालिका उपाध्यक्ष सपना गुरूङले न्यायिक समितिको प्रतिवेदन, रणबहादुर थापाले आर्थिक विकास समितिको प्रतिवेदन, धन बहादुर गुरूङले संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिको प्रतिवेदन , शोभाकान्त काफ्लेले सामाजिक विकास समितिको प्रतिवेदन, ज्योति के.सी. ढकालले वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन र नारायण ढकालले पूर्वाधार विकास समितिको प्रतिवेदन पेश गर्नुभएको थियो।1000032131-1750083313.jpg

यसैगरी आजको सभामा  अर्जुनचौपारी गाउँपालिकाको केही ऐन संशोधन गर्न बनेको विधेयक २०८२ बद्री प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो। गाउँपालिकामा बनेका ऐनहरूलाई समय सान्दर्भिक र स्थानीय आवश्यकताका आधारमा कार्यन्वयन योग्य बनाउन ऐन संशोधन गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो।

 आजको सभामा २ वटा सार्वजनिक महत्त्वका २ वटा प्रस्ताव दर्ता भएका छन्।  धन बहादुर गुरूङ प्रस्तावक र विन्दु जि.टी. समर्थक रहेको अर्जुनचौपारी गाउँपालिकाको संस्थागत विकास र  रणबहादुर थापा प्रस्तावक र बद्री पौडेल समर्थक रहेको  आर्थिक विकासका लागि  धार्मिक पर्यटन विषयक दुई वटा सार्वजनिक महत्त्वका प्रस्ताव दर्ता भएको गाउँ सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिनुभयो।

स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम  सबै रित पुर्‍याएर गाउँपालिकाले गाउँ सभा संचालन गर्न लागेको अध्यक्ष तिवारीले बताउनुभयो। गाउँ सभामा  शून्य समयको समेत अभ्यास गरिएको थियो। आजको शून्य समयमा गाउँ सभा सदस्यहरूले घरेलु मदिरा, महिला हिंसा, विपद् व्यवस्थापन , सन्तुलित र दिगो विकास , बजेट बाँडफाँड लगायतका विषयमा आफ्ना धारणा राखेका थिए।

असार १० गतेभित्र स्थानीय सरकारले बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार गाउँपालिकाले गाउँसभा शुरु गरेको हो । गाउँ सभाको कार्यतालिका अनुसार असार ४ गते नीति तथा कार्यक्रम र ५ गते बजेट प्रस्तुत हुनेछ। 

प्रायः सबै स्थानीय तहहरूले कर्मकाण्डी रूपमा। एकै दिन नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गर्दै आएकोमा अर्जुन चौपारी गाउँपालिकाले कानुन बमोजिम संसदीय शैलीमा प्रजातान्त्रिक र समावेशी तरिकाले गाउँ सभा संचालन गर्न लागेको हो। यो सँगै  स्याङ्जामा अर्जुनचौपारी गाउँपालिका गाउँसभा गर्ने पहिलो पालिका भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्