नेभिगेशन
समाचार

२ सय १० बोरा अवैध चिनी सहित ३ जना पक्राउ

स्याङ्जाको गल्याङ नगरपालिका – १ राम्दीस्थित सिद्धार्थ राजमार्गमा अवैध   सामान सहित ३ जना पक्राउ परेका छ्न्।प्रहरीले बिल नभएको ५० केजी तौलको  २ सय १० बोरा चिनी, ५ केजीको ३९ बोरा भुजा  र ३० केजीको  १८ बोरा केराउ बरामद गरेको हो ।

सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु २ ख १९२१ नम्बरको मिनि ट्रकबाट अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका  सूचना अधिकारी   हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

शुक्रबार बिहान साढे १ बजे चेकजाँचका क्रममा अवैध सामान भेटिएपछि ट्रक, चालक र सहचालकहरुलाई पक्राउ गरिएको डिएसपी पौडेलले बताउनुभयो।

पक्राउ पर्नेमा रुपन्देही सुद्योधन गाउँपालिका वडा नम्बर  ३ का  २४ वर्षीय चालक वसन्त परियार र  पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीय  सहचालक सुमन वि.क. र रुपन्देही सियारी गाउँपालिका वडा नम्बर  ६ का २३ वर्षीय दिप्सन सुनार रहेका छन् ।

प्रहरीका अनुसार बरामद गरिएका सामान र पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि शुक्रबार बिहान साढे ११ बजे  राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्