नेभिगेशन
अर्थ/वाणिज्य

शुभलक्ष्मी सहकारी १३ औँ वर्षमा प्रवेश  

भीरकोटको शुभलक्ष्मी सहकारी १३ वर्षमा प्रवेश गरेको छ l  संस्थाले मंगलवार आफनो १२ औं वार्षिकोत्सव मनाएको छ   । २ सय ८२ संस्थापक शेयर सदस्य  समेटेर २०७० असार ३ गतेदेखी  आर्थिक कारोबार सुरू गरेको संस्थामा १२ वर्षको अवधिमा संस्थामा २ हजार ६० सेयर सदस्यहरु आवद्ध भएका छन् l आफ्नै वेभसाइट, बैकींङ कारोबार एप्लिकेशन, सफ्टवेयर प्रणालीबाट प्रविधिमैत्री सेवा प्रदान गरिरहेको सहकारीले निपेक्षमा १९ करोड रूपैयाँ जम्मा गर्न सफल भएको छ l जगेडा कोषमा ३ करोडकरो बचत  र १६ करोड ऋण प्रवाह गरिरहेको सहकारी भीरकोटको अग्रणी सहकारी बन्न सफल भएको छ l

भीरकोटमा व्यवसायिक गाईपालन अभियान सुरू गरेको सहकारीले करिब १ सय जनालाई उद्यमी बनाउन सफल भएको संस्थाका व्यवस्थापक लेख बहादुर के.सी. (किरण) ले जानकारी  दिनुभयो l समुदायको पहिलो रोजाइमा पर्न सफल भएको बताउदै उहाँले सहकारीले १ हजार भन्दा बढी महिलाहरूलाई लघुवित्त मार्फत गाउँमै पुगेर सेवा दिएको बताउनुभयो l

1000032177-1750171282.jpg
संस्थाले आगामी आर्थिक वर्षका लागि सेयर सदस्य २ हजार ५ सय पुर्‍याउने र सेयर पुँजी झण्डै ३ करोड पुर्याउनेने योजना  अघि सारेको छ । संस्थाको वार्षिकोत्सवको अवसरमा  संस्थाले मुद्धती खातामा रकम जम्मा गर्नेलाई १ प्रतिशत बढी ब्याज दिने र कर्जा लिनेलाई १ प्रतिशत कम गर्ने घोषणा गरेको छ । संस्थाले गर्भदेखि १६ बर्षसम्म मुना बचत र सैनिक सम्मान बचतको अबधारणा अघि सारेको छ । मुना बचत अन्तर्गत गर्भवती महिलालाई १ हजार पोषण भत्ता प्रदान गरिनेछ भने बच्चा जन्मिएपछि संस्थाले नै  १ हजार जम्मा गरी खाता खोलिदिने र बचतलाई प्रोत्साहन गरिने जनाएको छ ।

संस्थाको वार्षिकोत्सव कार्यक्रममा  भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, संस्थाका अध्यक्ष भक्तबहादुर केसी, भीरकोटका निर्वतमान नगरप्रमुख छायाराम खनाल, भीरकोट उ.वा.संघका अध्यक्ष नुवादत्त अर्याल, शेयर सदस्य सुशिला थापा, सन्त निरंकारी मण्डलका भिमबहादुर थापा, सेयर सदस्य लालबहादुर खत्री, प्रविण बिक्रम खाँण, प्रेमप्रसाद खनाल, बचतकर्ता लिलावती खत्री, पत्रकार अमृत अर्याल, लायन्स क्लबका अध्यक्ष ढाकाराम खनाल लगायतले शुभकामना मन्तव्य दिनुभएको  थियो  ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्