अर्जुनचौपारी गाउँपालिकाले आफ्नै आमाले छोडेर बेवारिसे बनेका २ बालिकाहरूको उद्धार गरेको छ । दाङको तुलसीपुरमा फललफुल किन्न गएकी आफ्नै आमा पुजा ठकुरीले अलपत्र पारेर नफर्केपछि बेवारिसे बनेका नौ बर्षीय कृतिका र छ बर्षीय क्रिसकालाई पालिकाले उद्धार गरेको हो ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाका दुई बच्चा बेवारिसे बनेको सामाजिक सञ्जालमा देखको एक घण्टामै उद्धारको लागि टोली खटाएको बताउनुभयो । जुपु क्षेत्रीले फेसबुकमा दुई बच्चाले अर्जुन चौपारी गाउँपालिका –२ घर भएको भिडीयो हालेसँगै आँफु चड्ने पालिकाको सवारी नै ड्राइभर सहित टोली पठाएको र उद्धार गरेको तिवारीले बताउनुभयो ।
पालिकाले थाहापाएसँगै सोमबार नै टोली तुलसीपुर पुगेको थियो भने मंगलबार जिम्मा लिएको हो । पहिलो घर काठमाडौँ भएका दुई बालिका सहित आमा पूजा दुई महिना पहिले वडा नं –२ खाल्टेका तारा बहादुर रोका(सेते) रोकासँग आएका थिए ।
भारत हिडेका सेतेले बुटवलमा पुजा सहित बालिका भेटेको र सल्लाह पश्चात आफुले ल्याएको बताउनु भयो । आफ्नो बाबुको नाम किशोर ठकुरी(रामेछाप) बताउँदै बालिका कृतिकाले नयाँ बाबुसँग आमासँगै आएको र सँगै बसेको बताउनुभयो ।
आफ्नो पालिकाका बालिका बेवारिसे भएको थाहा पाएपछि उद्धार गरेको बताउँदै जो जहाँ जन्मे पनि पालिकाको भनेपछि पहिलो चरणको दायित्व पुरा गरेको बताउनुभयो ।
पालिकाले अब पुरानो बाबु, आमा र नयाँ बाबुको खोजी गरी सल्लाह पश्चात अगाडि बढ्ने बताउदै तिवारीले पहिलो बाबुसँग पठाएर, आमा वा नयाँ बाबुसँग पठाएर वा बालगृहमा पठाएर बालिकाको भविष्य राम्रो बन्छ सोही अनुसार कदम चाल्ने बताउनुभयो ।
बालिकाको भविष्यको बारेमा नयाँ बिकल्प ननिस्केसम्म पालिकाले आफ्नै संरक्षणमा राख्ने बताएको छ । यही असार १२ गते माइतजाने भनेर तीन जना हिडेको थिए। तुलसीपुरमा दुई बालिका अलपत्र बेवारिसे छाडेर आमा पुजा भागेको थाह भएपछि प्रहरीले भेटेर मानवसेवा आश्रमलाई बुझाएको थियो । बालिकालाई १५ गते तुलसीपुर चोकमा प्रहरीले भेटेपनि मानबसेवा आश्रममा बुझाएपछि सामाजिक सञ्जालमा आएको थियो र पालिका उद्धारमा जुटेको थियो ।