नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाज

उज्यालो कालीगण्डकी अभियानलाई निरन्तरता : २० युनिट बिजुली निशुल्क

स्याङ्जाको कालीगण्डकी गाँउपालिकाले  उज्यालो कालीगण्डकी अभियानलाई निरन्तरता दिएको छ। लोककल्याणकारी कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिदै आएको गाउँपालिकाले  उज्यालो कालिगण्डकी अभियान अन्तर्गत पालिका भित्रका सम्पुर्ण घरधूरीको  २० युनिट सम्मको विद्युत महशुल अग्रीम भुक्तानी गरिदिएको छ ।  गाँउपालिकालले स्थानीय ४ हजार ७ सय घर धुरीका जनताहरुको पौष सम्मको न्युनतम महसुल अग्रमी भुक्तानी गरिदिएको हो । गाँउपालिकाले विद्युतको न्युनतम महसुल अग्रीम बुझाईदिएपछि यहाँका स्थानीयले प्रति २० युनिट सम्मको विजुली निशुल्क उपयोग गर्न पाउने भएका छन्।

पाँच बर्ष देखि निरन्तरता पाईरहेको उक्त कार्यक्रम छैटौ वर्षमा प्रवेश गर्दा कालीगण्डकीबासी स्थानीयलाई कुनै नौलो नभएता पनि न्युनतम विद्युत महसुल बुझाउन नसक्ने स्थानीय र त्यहाँ भन्दा माथि प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागी भनी फलदायी भएको गाँउपालीका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो। पहिलो पटकको चुनावी प्रतिवद्धता मध्य उज्यालो कालीगण्डकी पनि एक रहेकोले त्यसलाई निरन्तरता  दिएको अध्यक्ष थापाको भनाई छ । उज्यालो कालीगण्डकी अन्तर्गतको यो अभियानले यहाँ बस्ने २१ हजार ७ सय २८ स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् ।

न्युनतम २० युनिट सम्म विद्युत महसुलमा छुट दिदै आएको कालीगण्डकी गाँउपालिकाले स्थानीय सरकारको पालिका भित्र बसोबास गर्ने स्थानीयलाई स्वास्थ्य विमा बापत लाग्ने सबै शुल्क पनि पालिका मार्फत नै बुझाईदिने गरेको छ । राज्य मार्फत नै आम नागरिकले पाउनु पर्ने यस्ता खाले सुविधा कालीगण्डकी गाँउपालिकाले प्रदान गर्दे आईरहेपछि यहाँका नागरिकले स्थानीय सरकारको अनुभुति गर्न थालेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्