डिभिजन खानेपानी तथा सरसफाई कार्यालय स्याङ्जाले आर्थिक बर्ष ०८१/८२ मा लिफ्टीङ खानेपानी योजनाको एक करोड ३३ लाख ६४ हजार ६५६ रुपियाँ विद्युत महशुल अनुदान दिएको छ ।प्रदेश सरकारले लिफ्टीङ खानेपानीमा लाग्ने विद्युत महसुलमा अनुदान दिने नीति ल्याएसँगै यो कार्यालयले आफ्नो मातहतका स्याङ्जा र कास्कीका १६९ योजनालाई अनुदान दिएको हो ।
यस कार्यालयको मातहतमा रहेका स्याङ्जाका १३३ योजनाको ८६ लाख ७८ हजार ८४ रुपियाँ र कास्की्का ३६ योजनाको ४६ लाख ८६ हजार ५७२ रुपियाँ दिएको हो । लिफ्टीङ योजनाबाट कास्कीका १३ हजार ८०८ र स्याङ्जाका २१ हजार ९६४ गरी ३५ हजार ७७२ लाभान्वित भएका छन् ।
कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले लिफ्टीङ खानेपानी आयोजनामा विद्युत् महशुल अनुदान सम्बन्धी मापदण्ड २०७९ का आधारमा मासिक रुपमा २५ हजार रुपियाँ सम्मको विद्युत खपत गर्ने लाभग्राहीलाई शत प्रतिशत अनुदान दिइएको हो ।
मासिक २५ हजारदेखि ४० हजार सम्मको महशुलमा ७५ प्रतिशत र मासिक रुपमा ४० हजारदेखि ६० हजारसम्मको विद्युत् खपतमा ५० प्रतिशत र मासिक रुपमा ६० हजारदेखि ८० हजारसम्ममा २५ प्रतिशत अनुदान प्राप्त गरेको तिमिल्सिनाले बताउनुभयो । यस्तै मासिक रुपमा ८० हजारभन्दा बढीको विद्युत खपत गर्ने योजनामा १० प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो ।
तीन स्टेज वा सो भन्दा बढी स्टेजको हकमा भने ४० हजार सम्म ९० प्रतिशत, ६० हजार सम्म ६५ प्रतिशत, ८० हजार सम्म ४० प्रतिशत र ८० हजार बढीमा १५ प्रतिशत अनुदान दिइएको हो ।
सरसफाई कार्यालय स्याङ्जामा २४७ खानेपानी योजना रहेकोमा १० वटा पुर्ण रुपले निर्माण सकिएको हो । इन्जिनियर कमल बरालले यो आर्थिक बर्षमा सकिएका योजनाबाट एक हजार ५८६ योजना निर्माण सम्पन्न भएको र आठ हजार ८९ लाभान्वित भएको जानाकारी दिनुभयो ।
यहाँ प्रदेश सरकार बनेसँगै १६१ योजना पुर्ण रुपमा सम्पन्न भएको बताउदै इन्जिनियर बरालले २३ हजार ४३ घरमा धारा निर्माण भएको र एक लाख १७ हजार ५१७ जिल्लाबासी लभान्वित भएका छन् । आब ०८१/८२ मा ९५ प्रतिशत वित्तिय प्रगति भएको र २३ करोड तीन लाख ४६ हजार रुपियाँ खर्च भएको बरालले बताउनुभयो ।